आर्सनलले जिते पनि युनाइटेड र स्पर्सको हार

IMG-20260823-WA0056

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलको नयाँ सीजनमा आर्सनलले जीतको साथ शुुरुवात गऱ्यो। यसबीच म्यानचेष्टर युनाइटेड र टोटनह्याम हट्स्पर (स्पर्स)-ले चाहिँ पहिलो म्याचमै हारको सामना गर्नु पऱ्यो। गत सीजनको च्याम्पियन आर्सनलले नयाँ टोली कोवेण्ट्रीविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६५ प्रतिशत बल पोजेशनको साथ खेल्ने मिकेट अर्टेटाको टोलीले कोवेण्ट्रीलाई अधिक मौका दिएन। विजेता टोलीको तर्फबाट काई हावेर्त्जले १५औं, बुकायो साकाले २३औं र मार्टिन ओडेगार्डले ४९औं मिनटमा गोल गरे। म्यानचेष्टर युनाइटेडको निम्ति चाहिँ सीजन बदलिए पनि नतीजामा कुनै अन्तर देखिएन। शनिवार राति खेलिएको म्याचमा युनाइटेडलाई नयाँ टोली हल सिटी एएफसी-ले २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७२ प्रतिशत पोजेशनको साथ खेल्दै युनाइटेडले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। एमकेएम स्टेडियममा लड़ाकू प्रदर्शन गर्ने हलको तर्फबाट सेमि अजायिले १७औं र नोबेल मेण्डीले ३८औं मिनटमा गोल गरे। यसरी स्पर्सले पनि नयाँ सीजनमा असल शुरुवात गर्न सकेन। गत सीजनमा जसोतसो रेलिगेशनको शिकार बन्नदेखि बांच्ने स्पर्सलाई ब्रेण्टफोर्डले ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४१ प्रतिशत बल पोजेशनको साथ खेल्ने ब्रेण्टफोर्डबाट कीन लेविस-पोटरले १२औं, विताली जेनिटले ३३औं र माइकल कायोडेले ४९औं मिनटमा गोल गरे। प्रीमियर लीगका अन्य म्याचहरूमा इप्सविच टाउनले सण्डरल्याण्डलाई २-१-ले, एभर्टनले क्रिस्टल प्यालेसलाई २-०-ले अनि लीड्सले नटिंघम फरेष्टलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement