जीतको साथ ला लीगा सीजनको शुरुवात गर्न सफल रियल म्याड्रिड

IMG-20260823-WA0057

म्याड्रिड: स्पेनिश क्लब रियल म्याड्रिडमा मुख्य प्रशिक्षकको रूपमा जोसे मुरिन्होको पुनरागनको शुरुवात सुखद रह्यो। स्पेनिश ला लीगा फूटबलको नयाँ सीजनमा रियल म्याड्रिडले रोमाञ्चक जीतको साथ शुरुवात गऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले एस्पानयोलविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत बल पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको निम्ति स्टार मीडफिल्डर जूड बेलिंघमले नवौं मिनटमै पहिलो गोल गरे। त्यसपछि एस्पानयोलले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। होम ग्राउण्डमा खेलिरहेको एस्पानयोलको तर्फबाट एलेक्स कालाट्रावाले ३०औं मिनटमा गोल गरे। त्यसपछि म्याचको रहल समयमा रोचक प्रतिस्पर्धा भए पनि एक समय म्याच ड्र रहने लागिरहेको थियो। अन्तमा कार्लोस एप्सिले दिलाएको गोलले रियल म्याड्रिडलाई विजयी बनायो। सब्स्टीट्यूड खेलाड़ीको रूपमा ओर्लिने कार्लोस एप्सिले ९०औं मिनटमा गोल गरे। रियल म्याड्रिड ला लीगाको गत सीजनमा उपविजेता रहेको थियो। ला लीगाका अन्य म्याचहरूमा रियल बेटिसले रियल सोसिएदादलाई १-०-ले अनि सेविलेले एथलेटिक क्लब बिल्बाओविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। यसरी भेलेन्सिया र सेल्टा विगोबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

Advertisement