गाडीधुरामा बलिदान दिवसलाई लक्ष्य गरेर आयोजित “म कवि” शब्दको द्वन्द्व कविता वाचन प्रतियोगिताको छनोट राउण्ड सम्पन्न

IMG-20260823-WA0061

खरसाङ: गाडीधुरा नवदीप परिवारको आयोजनामा आगामी २५ अगस्तमा आयोजना हुने बलिदान दिवसलाई लक्ष्य गरेर आयोजित “म कवि” शब्दको द्वन्द्व कविता वाचन प्रतियोगिताको छनोट राउण्ड आइतवार यहाँको गाडीधुरा सामुदायिक भवनमा सम्पन्न भयो। यसपल्ट यो प्रतियोगितामा अन्तर विद्यालय स्तरमा राखिएको थियो जसमा पाइनल एकाडेमी सौरेनी मिरिक, रबिन्द्रनाथ हाइ स्कूल, सौरेनी, मिरिक, पानीघट्टा उच्चत्तर माध्यमिक विद्यालय, अक्स इङ्ग्लिस स्कूल गाडीधुरा गरी मोठ चारवटा स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए। यस प्रतियोगिताको छनोट राउण्डमा निर्णायकहरूमा बाल साहित्य अकादमी पुरस्कार प्रापक सुदर्शन अम्बटे अनि साहित्यकार तथा पत्रकार सुवास छेत्री”भावुक” थिए। यस छनोट राउण्डबाट मोठ पाँचजना विद्यार्थीहरू क्रमैले सोनिका राई, पानीघट्टा उच्चतर माध्यमिक विद्यालय, पलक प्रधान, पाइनल एकाडेमी, सौरेनी, साइना मंगर पानीघट्टा उच्चतरत माध्यमिक विद्यालय, लिक्की तामाङ, अक्स इङ्ग्लिस स्कूल, गाडीधुरा अनि अम्बिका राई, रबिन्द्रनाथ हाइ स्कूल, सौरेनी फाइनल राउण्डको निम्ति छनोट भएका छन्। अब उनीहरूले आगामी २५ अगस्तमा गाडीधुरामा सम्पन्न हुने बलिदान दिवसको दिन आफ्नो प्रस्तुति दिनेछन्। यस छनोट राउण्डबाट बाहिरिएका विद्यार्थीहरू सेलेरिया टोप्नो अनि प्रेरणा दियालीलाई आयोजक समितिको पक्षबाट ट्रफी अनि प्रमाणपत्र प्रदान गरियो। कार्यक्रमलाई नवदीप परिवारको पक्षबाट रोशन विश्वकर्माले सम्बोधन गर्दै सबैलाई धन्यवाद दिए। आजको कार्यक्रम अनि आगामी २५ अगस्तको कार्यक्रमबारे अवगत गराउँदै परिवारको पक्षबाट अनुप रामुदामुले आगामी बलिदान दिवसलाई केन्द्र गरेर आयोजना गरिएको म कवि शब्दको द्वन्द्व दोस्रो प्रकरणको छनोट राउण्ड सम्पन्न भएको बताउँदै अब यी पाँच प्रतियोगीहरूले आगामी मङ्गलवार यहाँ सम्पन्न हुने एक भव्य कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन्। जसबाट प्रथम, दोस्रो अनि तेस्रो छनोट गरी उनीहरूलाई पुरस्कृत गरिनेछ भनी जनाएका छन्। त्यसदिन यहाँ रक्तदान शिविर तथा सम्मान कार्यक्रम अनि अन्य विविध साङ्गीतिक कार्यक्रमहरू पनि रहेको जनाएका छन्। यस पूर्व यहाँको शहीद मेजर दुर्गा मल्लको शालिगमा श्रद्धाञ्जली कार्यक्रम रहेको जनाउँदै यसपल्ट नेपाली चलचित्रका प्रख्यात निर्देशक, निर्माता, कलाकार तुलसी घिमिरे अनि यस क्षेत्रका वरिष्ठ शिक्षक एवम् समाजसेवी सनु गोलेलाई विशेष सम्मान प्रदान गरिने जानकारी दिएका छन्। रामुदामुले यस कार्यक्रममा सबैलाई उपस्थित रहेर विशेषगरी रक्तदान गरिदिने आग्रह पनि गरेका छन्।

About Author

Advertisement