सोनादा: आशाकर्मी र आँगनवाडी कर्मीहरुद्वारा भारतीय जनता पार्टीको रंगबुल धोतरिया मण्डलको सचिवको बयानको बिरोधमा रंगबुलमा ऱ्यालीको आयोजना गरेको छन्। मण्डल सचिवले आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई विभिन्न आरोप लगाएको भन्दै यसको विरोधमा आशाकर्मी र आँगनवाडी कर्मीहरुले ऱ्यालीको आयोजना गरेको छ। मण्डल सचिवले अन्नपूर्ण भण्डारको काम र भेरिफिकेशनको काम आशाकर्मीले गरेको र राम्रोसित नगरेकोले पैसा नपसेको भन्ने बयानको आशाकर्मी र आँगनवाडी कर्मीहरुले विरोध जनाउँदै ऱ्यालीको आयोजना गरेको छ। यस ऱ्याली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आशाकर्मी संगठन सुखे खण्डकी सभापति ओम राई ,आशाकर्मी रितु राई,आँगनवाडी कर्मी रञ्जिता सुब्बाले आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई भारतीय जनता पार्टीको मण्डल सचिवले लगाएको आरोपको विरोधमा ऱ्यालीको आयोजना गरिएको जानकारी गराएका छन्। उनले भनिन् ‘उक्त आरोप लगाएको भिडियो हामी समक्ष आईपुगेको र उक्त भिडियोमा अन्नपूर्ण योजनाको लागि आशाकर्मी र आँगनवाडी कर्मीहरुलाई जिम्मेवारी दिइएको र भेरिफिकेशनको काम राम्रोसँगले नगरेकोले पैसा नपसेको भनेर भनेका छन्। तर कुन आधारमा यस्तो बयान दिएको हो। यसको नोटिफिकेसन कहाँ छ? मञ्च पायो भन्दैमा जे पायो त्यही बोलेर हुँदैन तर जाँच गरेर तथ्यसित बोल्नु पर्ने हुन्छ। यो भिडियोको कारणले हामीलाई समाजमा काम गर्न असुविधा भईरहेको छ कारण सबैले हो हाम्रो भेरिफिकेशन गरिदियो कि गरेन भन्दै सोधिरहेका। हामी स्पष्ट रुपमा भन्न चाहान्छौं कि अन्नपूर्ण योजनाको भेरिफिकेशनको काम आशाकर्मी र आँगनवाडी कर्मीहरुले गरेको होइन।’
राईले अघि भनिन् ‘मण्डल सचिवको आरोपलाई हामी सोझै नकार्न चाहान्छौं।किनभने यो भेरिफिकेशनको काम हामीले गरेको होइन। यस्तो विषयमा बोल्न अघि तथ्य र सत्यता बुझ्नुपर्छ। यसरी नबुझी बोल्दा तपाईंलाई नै समस्या हुन्छ।’ राईले प्रधानमन्त्री आयुष्मान योजना विषयमा पनि कुरा नबुझी आरोप लगाएको बताउँदै यो काम पूरा सुखे खण्ड क्षेत्रमा केवल ७० प्रतिशत काम पूरा भएको र ३० प्रतिशत बाँकी रहेको बताएकी छन्। उनले यसरी नबुझी आरोप लागेमा हामी काम पनि रोक्न सक्छौं भनी बताएकी छन्। यसको साथै आँगनवाडी रञ्जिता सुब्बाले रंगबुक ग्राम पञ्चायत र धोतरिया ग्राम पञ्चायतको आँगनवाडी कर्मी र सह कर्मीहरुका पक्षमा अन्नपूर्ण योजना विषयमा मण्डल सचिवको आरोपलाई खण्डन गर्दै विरोध जनाएकी छन्।










