स्थायीकरणको लागि पनि बुझाए लिखित ज्ञापन पत्र
खरसाङ: जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुको गत अप्रेल महिनादेखि नपाएको वेतन सांसद राजु विष्टको सहयोगमा तीन महिनाको प्राप्त गरेको र जुलाई महिनाको पनि सबै तयारी पूरा भएको भन्दै सबै जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुले खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर दार्जिलिङका सांसद राजु विष्टलाई धेरै धन्यवाद दिएका छन्। जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुको तर्फबाट केन्द्रीय महासचिव रुपेस रसाइली, केन्द्रीय संयोजक योगेन तामाङ, खरसाङ महकुमा सचिव सुदन लकान्द्री, मिडिया प्रभारी सुकराज दुमी लगायत सदस्य सदस्याहरु उपस्थित भएर पत्रकार सम्मेलन आयोजना गरेर सांसद राजु विष्टलाई धेरै धन्यवाद ज्ञापन गरेका छन्।उक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव रुपेस रसाइलीले जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुले अप्रेल महिनादेखि वेतन नपाएपछि गत ३० जूनको दिन सांसद राजु विष्टलाई भेटेर लिखित रुपमा जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुको समस्या विषयमा सांसदलाई ज्ञापन पत्र बुझाएको र यसको तीन दिनभित्रमा नै एक महिनाको वेतन पसेको र गत जुलाई महिनामा मई र जून महिनाको वेतन पसेको र जुलाई महिनाको पनि सबै तयारी भईसकेको जानकारी गराएका छन्। उनले यस सांसद राजु विष्टको सहयोगमा मासिक रुपमा वेतन पाउने आशा गरेको बताएका छन्। यसको लागि जीटीएको सम्पूर्ण कन्ट्रयाक्टचुयल कर्मचारीहरुको तर्फबाट र परिवारको तर्फबाट सांसद राजु विष्टलाई धेरै धन्यवाद ज्ञापन गरेका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै महासचिव रुपेस रसाइलीले भने, जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुले इमान्दार र निष्ठापूर्वक काम गरे पनि सठीक रुपमा समयमा नै वेतन पाएका थिएनन्। त्यसपछि जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारी संगठन केन्द्रीय सभापति सञ्जीव तामाङको नेतृत्व सांसद राजु विष्टलाई भेटेर लिखित रुपमा ज्ञापन पत्र बुझाएका थिए र त्यसैको उत्तरमा सांसदले सम्बन्धित विभाग र विभागीय पदाधिकारीहरुलाई फोन गरेर जनाई दिएको र त्यसपछि वेतन पसेको बताएका छन्। उनले अब जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुले मासिक रुपमा वेतन पाउने आशा व्यक्त गरेका छन्। महासचिव रुपेस रसाइलीले मासिक वेतनबाहेक जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुको ६० वर्षसम्म काम सुरक्षित हुनु पर्ने अथवा काम स्थायी हुनु पर्ने माग पनि गरिएको र यस विषयमा पनि सांसद राजु विष्टलाई जीटीएको कन्ट्रयाक्टचुयल कर्मचारीहरुको तर्फबाट लिखित रुपमा ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्। उनले यस विषयमा पनि सांसद राजु विष्टले पनि सकरात्मक आश्वासन दिएको जानकारी गराएका छन्।











