ईटानगर: भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा
अरुणाचल प्रदेश भारतीय जनता पार्टी (भाजपा) को राज्य मुख्यालयमा विशेष कार्यक्रमका बीच राष्ट्रिय ध्वजात्तोलन गरिएको छ।
भाजपा नेता कलिङ मोयोङले प्रदेशका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थितिमा राष्ट्रिय झण्डा झण्डात्तोलन गरेका हुन्।
ध्वजारोहणपछि बोल्दै नेता मोयोङले स्वतन्त्रताको भावना, देशभक्ति र ‘राष्ट्र प्रथम’ को सङ्कल्पलाई सम्मान गर्ने यो एउटा महत्वपूर्ण अवसर भएको बताए। त्रिरङ्गी झण्डाले सदैव भारतको सेवा गर्न र ‘विकसित भारत’ निर्माणको यात्रामा सबैलाई निरन्तर प्रेरणा प्रदान गरिरहने विश्वास उनले व्यक्त गरे।











