गान्ताेकमा सिक्किमकै पहिलो अङ्ग प्रत्यारोपण केन्द्र र पोस्ट-ट्रान्सप्लान्ट आइसियू सञ्चालन

09cb3cbc-2059-4ba8-9fa7-7a7a3244f57d

गान्ताेक: सिक्किम सरकारले राज्यभित्रै आधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा पहिलो पटक अङ्ग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आइसियू सञ्चालनमा ल्याएको छ। भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा सोचकगाङस्थित स्तोनम नोरबु मेमोरियल (एसटीएनएम) अस्पतालमा उक्त नयाँ स्वास्थ्य पूर्वाधारको उद्घाटन गरिएको हो।
​सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) र राज्यपाल ओम् प्रकाश माथुरले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरेका हुन्। कार्यक्रममा स्वास्थ्यमन्त्री जीटी ढुङ्गेल र विधायक कला राईको समेत उपस्थिति रहेको थियो।


​मुख्यमन्त्री तामाङका अनुसार यो केन्द्र सञ्चालनमा आएसँगै अब सिक्किमका नागरिकले मिर्गौला प्रत्यारोपण तथा त्यसपछिको जटिल उपचारका लागि राज्यबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ। सरकारले जनतालाई आफ्नै क्षेत्रमा गुणस्तरीय, सुलभ र आधुनिक स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता स्वरूप यो पूर्वाधार थप गरेको उनले बताए।

About Author

Advertisement