सिलगढी: सिलगढी पुलिस कमिश्नरेटद्वारा ८०औँ स्वतन्त्रता दिवस अत्यन्त देशभक्ति, उत्साह र गर्वका साथ मनाइएको छ। सो अवसरमा सिलगढीका पुलिस कमिश्नर श्री सेयद वाकार रजा (आईएएस)ले वरिष्ठ पुलिस अधिकारीहरू तथा कर्मचारीहरूको उपस्थितिमा राष्ट्रिय झण्डात्तोलन गर्नुभयो।
कार्यक्रममा ब्रह्मा कुमारीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। सो क्रममा पुलिस कर्मचारीहरूले देशमा शान्ति, एकता, अखण्डता र समर्पित सेवा कायम राख्ने तथा जनताको सुरक्षा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक शपथ ग्रहण गरेका थिए। यो समारोहले देशभक्ति, अनुशासन र समर्पणको भावनालाई जीवन्त बनाएको कमिश्नरेटले जनाएको छ।












