पहाडको उच्च शिक्षा व्यवस्थामा परिवर्तन र सुधार गर्न काम गर्नेछौँ: विधायक सोनाम लामा

IMG-20260814-WA0099

खरसाङ: पहाडको उच्च शिक्षा व्यवस्थामा परिवर्तन र सुधार गर्न काम गर्नेछौँ। उच्च शिक्षा क्षेत्रमा पहाडले धेरै सुधार र उन्नति गर्नु पर्ने देखिएको छ। हामीले कोलकातामा उच्च शिक्षा समितिको पहिलो बैठक गरिसकेका छौं र अब पहाड लगायत सम्पूर्ण बंगालभरि नै उच्च शिक्षा क्षेत्रमा धेरै राम्रो परिवर्तन भएर जानेछ भन्ने कुरामा आशावादी रहेको खरसाङका विधायक एंव पश्चिम बंगाल सरकारका उच्च शिक्षा समितिको सभापति सोनाम लामाले शुक्रवार खरसाङमा बताएका छन्। पश्चिम बंगाल सरकारको उच्च शिक्षा समितिको सभापति बनेपछि पहिलोपल्ट खरसाङ आएर हर घर तिरंगा कार्यक्रम अन्तर्गत तिरंगा ऱ्यालीमा सहभागी भएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै विधायक सोनाम लामाले भने, ‘उच्च शिक्षा विषयमा केन्द्रमा जुन व्यवस्था छ, हामी पनि त्यही धारामा बग्नेछौं, काँधमा काँध मिलाएर, साथमा साथ मिलाएर अघि बढ्नेछौं।’
उनले उच्च शिक्षा विषयमा काम गर्न पहाडमा पनि शिक्षा व्यवस्थाम परिवर्तन गरेर लाने वाचा गर्दै पहाडका शिक्षाविदहरुसित सुझाव मागेर उच्च शिक्षाको व्यवस्था परिवर्तन गर्न र सुधार गर्न काम गरिने जानकारी गराएका छन्। उनले अघि भने, ‘शिक्षा क्षेत्रमा बंगाल देशलाई नै मार्गदर्शन गर्ने क्षेत्र थियो तर अहिले धेरै पछाडिएको छ। तर कुनृ पनि ठाउँको उच्च शिक्षा महत्वपूर्ण हुन्छ। शिक्षा क्षेत्रमा हाम्रो सोचलाई परिवर्तन गर्नुपर्छ। हाम्रो विद्वानहरु देश विदेशमा गएर नाम कमाईरहेका छन् तर हाम्रो पहाड क्षेत्रमा भने उच्च शिक्षामा पछाडिएको छ। तर हामी लिन र कसरी पछाडिएका छौं भन्ने विषयमा काम गर्न आवश्यक देखिएको छ।’ विधायक सोनाम लामाले अझ भने, ‘पगाडमा रहेको शिक्षा व्यवस्थामा के कस्तो कमी कमजोरीहरु छन् त्यस विषयमा बुझ्नुपर्छ र काम गर्न आवश्यक छ।’
उच्च शिक्षा समितिको सभा विषयमा पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै विधायक लामाले भने, ‘प्रत्येक विधायकलाई २-३ वटा विभाग दिइएको छ र सबैले आफ्नो आफ्नो कमिटीको सभा कोलकातामा विधानसभामा नै बसेर आफ्नो मन्त्रालयलाई रिपोर्ट बुझाउनु पर्ने हुन्छ। यसै क्रममा उच्च शिक्षा समितिको पनि पहिलो बैठक बसेको र यसको प‌नि रिपोर्ट बुझाउनु पर्ने हुन्छ। अब विस्तारै उच्च शिक्षा समितिमा रहेर उच्च शिक्षा विषयमा राज्य र पहाडमा पनि काम गर्दै जाने र उच्च शिक्षा व्यवस्थामा सुधार र उन्नति गर्दै जानेछौं।’

About Author

Advertisement