सिलगढी पुलिसको सक्रियता

FB_IMG_1786730176276

अटोमा छुटेको सामान खोजेर धनीलाई बुझाइयो

सिलगढी: माटिगढा थाना अन्तर्गत उत्तरायण पुलिस चौकीले देखाएको त्वरित तत्परताका कारण अटो रिक्सामा छुटेको बहुमूल्य सामानसहितका दुईवटा ब्याग फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ।
​श्रीमती रश्मि छेत्रीले एयर भ्यु मोडबाट सिटी सेन्टर मल जाने क्रममा आफू सवार अटो रिक्सामा झुक्किएर बहुमूल्य सामान राखिएका दुईवटा ब्याग छुटेको भन्दै उत्तरायण चौकीमा उजुरी दिएकी थिइन्। उजुरी प्राप्त हुनासाथ पुलिस टोलीले तुरुन्तै अनुसन्धान अघि बढाउँदै आसपासका सीसीटीभी फुटेजहरू जाँच गरेको थियो। सीसीटीभी फुटेजको आधारमा उक्त अटो रिक्साको पहिचान गरी रोकेर दुवै ब्याग सकुशल बरामद गरिएको पुलिसले जनाएको छ।
​उचित छानबिन र पहिचान प्रक्रिया पश्चात् बरामद गरिएका ब्याग र सामान श्रीमती छेत्रीलाई हस्तान्तरण गरिएको छ। नागरिक केन्द्रित, द्रुत र उत्तरदायी पुलिस सेवा प्रदान गर्न सिलगढी पुलिस कमिश्नरेट सदैव प्रतिबद्ध रहेको पुलिसले जनाएको छ।

About Author

Advertisement