सिक्किम सशस्त्र पुलिसलाई नयाँ समारोहक टोपी प्रदान

5e887225-9559-4691-aea5-31935e2008cd

भोलि अगस्ट १५ को परेडमा पहिलोपटक लगाइने

गान्ताेक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले लोकभवनमा आयोजित एक कार्यक्रमका बीच सिक्किम सशस्त्र पुलिसलाई नयाँ समारोहक टोपी (सेरेमोनियल हैट) प्रदान गरेका छन्। उक्त टोपी ‘राज्यपाल विवेकाधीन कोष’ (गवर्नर डिस्क्रेशनरी फंड) मार्फत एसएपी बललाई उपलब्ध गराइएको हो।
​सिक्किम सशस्त्र पुलिसका तर्फबाट पुलिस अधीक्षक (एसपी) नोर्बु छिरिङ शेर्पाले राज्यपालबाट यो सम्मान ग्रहण गरेका हुन्।
​भोलि अगस्ट १५ (स्वतन्त्रता दिवस) को अवसरमा आयोजना हुने राज्यस्तरीय परेडमा सिक्किम सशस्त्र पुलिसका जवानहरूले पहिलोपटक यो नयाँ समारोहक टोपी लगाएर मार्चपास गर्नेछन्।

About Author

Advertisement