खरसाङ व्यवासायिक संगठनको वार्षिक साधारण सभा र कार्यकारी समितिको चुनाव हुने

d969b0c1-0541-48bb-ade6-be98a10e7f48

खरसाङ: खरसाङ व्यवासायिक संगठनको वार्षिक साधारण सभा र कार्यकारी समितिको चुनाव हुने भएको छ। यसै विषयलाई लिएर व्यवासायिक संगठनले आज खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर यसको वार्षिक साधारण सभा अनि कार्यकारी समितिको चुनाव आगामी २३ अगस्तको दिन सम्पन्न हुने भएको जानकारी गराएका छन्। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा खरसाङ व्यवासायिक संगठनको सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद अग्रवाल, वरिष्ठ सदस्य एवं चुनाव पर्यवेक्षक जोगेन्द्र प्रसाद, कानुनी सल्लाहकार रमेश अग्रवाल, कोर कमिटी सदस्यहरु क्रमैले बिक्रम प्रधान, सुजन कुमाई, हिरण त्रिखत्री, पवन अग्रवाल, बिक्रम प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति फिरोज अख्तर र सचिव राजेन्द्र प्रसाद अग्रवालले भने, खरसाङ व्यवासायिक संगठन २९ अप्रेल २०१२ मा ६३ जन कार्यकारी सदस्यहरुलाई लिएर गठन गरिएको थियो। यस संगठनले खरसाङमा विभिन्न कार्यहरु गर्दै आएका छन्। यसपाली यस संगठनको चुनाव सम्पन्न हुन गईरहेको छ। उक्त चुनाव विषयमा बोल्दै सचिव राजेन्द्र प्रसाद अग्रवालले भने, खरसाङ व्यवासायिक संगठनको चुनावमा लड्न चाहानेहरुक‌ा लागि आगामी १७ र १८ अगस्तको दिन नामांकन पत्र वितरण गरिनेछ भने नामांकन पत्र बुझाउने अन्तिम मिति १९ अगस्त राखिएको छ। त। त्यसरी नै २० अगस्तको दिन नामांकन पत्र जाँच गरिनेछ भने २१ अगस्तको दिन नामांकन पत्र फिर्ता लिन सक्नेछन्। २१ अगस्तको दिन नै वैध उम्मेद्वारहरुको नाम प्रकाशित गरिनेछ भने चुनाव २३ अगस्तको दिन सम्पन्न हुने भएको छ। उक्त चुनावमा १७ जना निर्वाचित हुने र 4 जना सदस्यहरू मनोनित गरिएपछि जम्मा ५१ जनाको कार्यकारी समिति गठन गरिने जानकारी वर्तमान सचिव राजेन्द्र प्रसाद अग्रवालले गराएका छन्। उनले खरसाङ व्यवसायिक संगठनले २०१२ मा आफ्नो स्थापनापछि विभिन्न कार्यहरु गर्दै आएको र यसपाली निष्पक्ष रुपमा कार्यकारी समितिको चुनाव हुने जानकारी गराएका छन्।
उक्त पत्रकार सम्मेलनमा खरसाङ व्यवासायिक संगठनको कानुनी सल्लाहकार अधिवक्ता रमेश अग्रवालले पनि खरसाङ व्यवसायिक संगठनमा रहेका सबैजना सांगठनिक रुपमा संगठित र एकतामा रहेर बस्नु पर्ने आह्वान् गरेका छन्। उनले खरसाङम रहेका सबै व्यवासायिक दोकानेहरु एउटै संगठनमा एकताको साथमा रहनु पर्ने आह्वान् गरेका छन्।

About Author

Advertisement