पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा खरसाङमा हर घर तिरंगा ऱ्यालीको आयोजना

7018248d-094c-495b-9910-a2dacdc3784a

खरसाङ: स्वतन्त्रता दिवसको पूर्व शुभोपलक्ष्यमा खरसाङको पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीवर्ग, शिक्षक शिक्षिकागणको सहभागितामा हर घर तिरंगा ऱ्यालीको आयोजना गरिएको छ। उक्त तिरंगा ऱ्याली खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएर हिल कार्ट रोड, हस्पिटल मोड, वर्ध्दमान रोड हुँदै खरसाङ बजार परिक्रमा गरेर पुन: रेलवे स्टेशनसम्म आएर समापन गरिएको छ। पश्चिम बङ्गाल सरकारको अध्यादेश अनुसार “हरेक घर तिरङ्गा ” अभियान अन्तर्गत नानीहरूले हातमा तिरङ्गा झण्डा बोकेर देश भक्ति गीतहरु गाउँदै, नारा लगाउँदै हर्षउल्लासका साथ खरसाङ नगर परिक्रमा गरेका थिए।

यसै उपलक्ष्यमा विद्यालयका विद्यार्थी नानीहरूमा चित्रकला प्रतियोगिता, हस्तकला प्रदर्शनी आदि कार्यक्रम सम्पन्न गरिएको जानकारी विद्यालयका प्रधान अध्यापिका ललिता भण्डारीले जानकारी दिएकी छन्। यसको साथै उनले नगर परिक्रमा कार्यक्रम सफलताको निम्ति महकुमा प्रशासन अनि पुलिस प्रशासनलाई आभार प्रकट गरेका छन्।

About Author

Advertisement