पाकिम जिल्लाका पहिरोपीडित परिवारलाई अनुग्रह राहत राशि वितरण

f5ea177f-e385-4d2f-93c4-7afd7273a3e4

पाकिम: सिक्किमको पाकिम जिल्ला अन्तर्गत भारी वर्षाका कारण गएको पहिरोबाट प्रभावित परिवारहरूलाई जिल्ला प्रशासनद्वारा राहत रकम वितरण गरिएको छ। पाकिमका जिल्लापाल परी बिश्नोईले आज आफ्नै कार्यकक्षमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच पहिरोपीडित परिवारलाई १ लाख ३० हजार रुपैयाँ (₹१.३० लाख) को अनुग्रह राहत राशि हस्तान्तरण गरिन्।
​प्राकृतिक विपत्तिबाट प्रभावित व्यक्ति तथा परिवारहरूलाई तत्काल राहत र सहयोग पुर्याउने उद्देश्यले राज्य आपदा प्रतिक्रिया कोष (एसडीआरएफ) र राष्ट्रिय आपदा प्रतिक्रिया कोष (एनडीआरएफ) को प्रावधान र नियम अनुसार यो आर्थिक सहायता प्रदान गरिएको हो।

About Author

Advertisement