सिलगढी: गुप्त नवरात्रिको समापनको पावन अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिलगढी (फाँसीदेवा) स्थित प्रसिद्ध पहाडी माता मन्दिरको उद्घाटन गरी पूजा-अर्चना गरेका छन्।
पूजा-अर्चना गर्दै उनले मां दुर्गासँग सिक्किमवासी तथा सम्पूर्ण क्षेत्रका जनताको सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यका लागि प्रार्थना गरे। यस पवित्र अवसरमा दार्जिलिङका सांसद राजु बिष्ट र फाँसीदेवाका विधायक दुर्गा मुर्मुको पनि विशेष उपस्थिति रहेको थियो।

मन्दिर उद्घाटनपछि मुख्यमन्त्री गोलेले हाम्रो समृद्ध आध्यात्मिक सम्पदाले सधैं सद्भाव, करुणा र निस्वार्थ सेवाको भावनालाई प्रेरणा दिने बताए। उनले दिव्य आमा पहाडी माताको आशीर्वादले सबै परिवारमा खुसी र शक्ति मिलोस्, समुदायहरूबिचको एकता अझ मजबुत होस् र सबैलाई सामूहिक प्रगति तथा समृद्धितर्फ अघि बढ्न मार्गदर्शन प्राप्त होस् भन्ने कामना व्यक्त गरे।











