गान्ताेक: सिक्किम फुटबल एसोसिएसन (एसएफए) द्वारा आयोजित ‘ए’ डिभिजन एस-लिग २०२६ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा ब्रदरहुड एफसीले रेड पाण्डा एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको छ।
पाल्जोर स्टेडियममा भएको रोमान्चक खेलमा ब्रदरहुड एफसीले खेलको ११औँ मिनेटमै सैलेश प्रधानको गोलमार्फत अग्रता लिएको थियो। खेलको ५६औँ मिनेटमा रेड पाण्डा एफसीका कुञ्जमान थापाले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए।
तर, खेलको अन्तिम समयतिर अर्थात् ८६औँ मिनेटमा सोइबम रोशन सिंहले उत्कृष्ट गोल गर्दै ब्रदरहुड एफसीलाई पुनः अग्रता दिलाए। रोशनको यही निर्णायक गोलसँगै ब्रदरहुड एफसीले खेल जित्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ।










