सोनादामुनि रहेको खाङ खोलाको पूल स्थानीयहरुद्वारा आफ्नै बलबुदामा निर्माण शुरु

1030f162-bca2-4a43-8db5-4de932d51553

सोनादा: सोनादा पचेङ समष्टिको मिलिङ बस्ती र सोनादालाई जोड्ने खाङ खोलामा रहेको मुख्य पूलको निर्माण कार्य अझै अधुरो रहेकोले स्थानीयहरुले आफ्नै बलबुदामा निर्माण गरिरहेका छन्। गत वर्ष ४ अक्टोबर २०२५ मा पहाडभरि आएको भीषण बाढी र पैह्रोका कारण मिलिङ बस्तीलाई सोनादासँग जोड्ने मुख्य खाड्खोला पूल क्षतिग्रस्त बनेको थियो। उक्त पुलको पुनर्निर्माणका लागि जीटीएद्वारा निर्माण सामग्रीसमेत ल्याइएको भए पनि काम अझैं अधुरै रहेको स्थानीयवासीहरूको गुनासो रहेको छ। पूल निर्माण कार्य लामो समयदेखि रोकिँदा गाउँवासीहरू साथै विद्यालय आउनेजाने विद्यार्थी नानीहरूलाई दैनिक आवत जावतमा ठूलो समस्या भइरहेको थियो। आज स्थानीयहरुले आफ्नै बलबुदामा पुल निर्माण गरेका छन्। यस पुलको निर्माण कार्य पुरा नभएकोले दैनिक रुपमा ओहोर दोहोर गर्ने मानिसहरु विद्यालय जाने विद्यार्थी लाई धेरै असुविधा भईरहेको थियो। त्यसैले स्थानीय गाउँलेहरुले आफै पुल निर्माण गरेका छन्।
वर्षायामको समय जोखिम अझ बढ्ने भएकाले सम्बन्धित विभागले शीघ्र पूल निर्माण कार्य सम्पन्न गर्नुपर्ने माग स्थानीयहरूको रहेको छ। निर्माणको लागि स्थानीयहरुले सांसद राजु विष्टलाई यहाँ आएर एकपल्ट निरीक्षण गरिदिने र बनाई दिने अनुरोध गरेका छन्‌ यसको साथै खरसाङ विधानसभा समष्टिको विधायक सोनाम लामालाई पनि एकपल्ट निरीक्षण गरिदिने निवेदन गरेका छन्।

About Author

Advertisement