फ्रेञ्च ओपनपछि विम्बल्डनबाट पनि हट्न वाध्य भए कार्लोस अल्काराज

IMG-20260520-WA0042

नयाँ दिल्ली: स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराजले आउँदो महिना हुने प्रतिष्ठित विम्बल्डन टेनिस च्याम्पियनशीपबाट हट्ने फसेला गरेका छन्। विम्बल्डनमा २ पल्टका च्याम्पियन खेलाड़ी नाड़ीको चोटले गर्दा टुर्नामेण्टबाट हट्न वाध्य भएका छन्। गत महिना बार्सिलोना ओपनको अवधि अल्काराजको दाहिने हातको नाड़ीमा चोट लागेको थिय। उनले यस हप्ताको अन्तमा शुरु हुने फ्रेञ्च ओपननबाट पनि अगावै नाम फिर्ता लिएका छन्। अल्काराज फ्रेञ्च ओपनमा गत २ सालका च्याम्पियन हुन्। अल्काराजले सोशल मीडियामा लेखेका छन्, मेरो रिकवरी राम्रो चलिरहेको छ अनि अहिले धेरै असल अनुभव गरिरहेको छु तरz दुर्भाग्यले म अहिले पनिZz खेल्नको निम्ति तयार छुइनँ। यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको खिताब जितेर अल्कारा चारैवटा ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा कम्ती उमेरका खेलाड़ी बनेका थिए। अल्काराजलले २०२३ र २०२४-मा ग्रास कोर्टमा खेलिने ग्राण्ड स्ल्याम विम्बल्डनको खिताब जितेका थिए। उनले दुवैपल्ट फाइनलमा नोवाक जोकोविचलाई पराजित गरेका थिए। गत वर्ष चाहिँ फाइनलमा* उनले यानिक सिनरविरुद्ध हारको सामना गर्नु परेको थियो। अल्काराजले विम्बल्डन र लण्डनको क्वीन्स क्लबमा हुने वर्म अप् टुर्नामेण्टमा हिस्सा लिन नपाएकोमा निराशा व्यक्त गर्दै भने, यी दुवै टुर्नामेण्ट मेरो निम्ति खास रहेको छ। यसैकारण यस साल शून्यता अनुभव हुनेछ।

About Author

Advertisement