नयाँ दिल्ली: जेआईएस ग्रुपका प्रबन्ध निर्देशक (एमडी) तरनजीत सिंह सम्मानित भएका छन्। शिक्षाको क्षेत्रमा नवप्रवर्तन, कुशल नेतृत्व र अकादमिक उत्कृष्टताका लागि उनलाई “एक्सीलेंस इन ट्रांसफॉर्मेटिव एजुकेशन लीडरशिप” अवार्ड प्रदान गरिएको हो ।वर्ल्ड पञ्जाबी अर्गनाइजेसनद्वारा आयोजित “वैशाखी अवार्ड्स २०२६” को एक भव्य समारोहबीच सिंहलाई सो अवार्ड हस्तान्तरण गरिएको हो। उनलाई तरनजीत सिंह सन्धुले उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरेका हुन्।समारोहमा असमका गभर्नर गुलाब चन्द कटारिया, भाजपा नेता मजिन्दर सिंह सिरसा र सांसद विक्रमजीत सिंह साहनी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा शिक्षा, समाजसेवा र नेतृत्वका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि सम्मानित गरिएको थियो।तरनजीत सिंहले पाएको यो सम्मानलाई शिक्षा जगत्मा एउटा ठूलो र महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।










