खरसाङको रोहिणी रोडमा रहेको टोल ट्याक्स बन्द गर्नु पर्ने मागमा गोरामुमोद्वारा जिल्लापाललाई ज्ञापन पत्र

IMG-20260513-WA0087

दार्जिलिङ: खरसाङको सुवास घिसिङ मार्ग (रोहिणी रोड) टोल ट्याक्स बन्द गरिनु पर्ने मांग विषय लिएर गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाको नेतृत्वमा आज दार्जीलिङ जिल्लापाल संग भेटघाट गर्दै ज्ञापनपत्र बुझाएका छन्। जिल्लापालसित भेटघाट र ज्ञापन पत्र बुझाएर बाहिर आएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोरामुमो केन्द्रीय समितिको प्रवक्ता वाई लामाले हिजो मंगलबार मात्र पश्चिम बंगाल सरकारका मुख्य सचिव मनोजकुमार अग्रवालले बंगाल भरिको गैर कानुनी रुपमा रहेका टोल ट्याक्सहरु बन्द गर्ने नोटिफिकेसन निकालेका छन्। यता खरसाङको सुवास घिसिङ मार्ग (रोहिणी रोड)मा रहेको टोल ट्याक्स पनि बन्द गरिनु पर्ने माग गर्दै जिल्लापाल समक्ष ज्ञापन पत्र बुझाएको बताएका छन्। उनले भने, हामीलाई लाग्छ सुवास घिसिङले जनताको सुविधाका लागि बनाईदिएको रोहिणी रोडमा गैर कानुनी रुपमा टोल ट्याक्स उठाउने गरेको र त्यो ट्याक्स कता जान्छ के गर्छ थाहा छैन। यसमा कुनै पारदर्शिता छैन। त्यसैले हामीले यो टोल ट्याक्स बन्द गरिनु पर्छ भनेर माग गरेका छौं।’
वाई लामाले अघि भने, हामीले रोहिणी रोड (सुवास घिसिङ) मार्गमा रहेको टोल बन्द गर्ने मागमा गत ७ मईमा नै जिल्लापाललाई ज्ञापन पत्र बुझाएका थियौँ त्यसको प्रतिलिपि खरसाङ महकुमा शासकलाई पनि दिएका थियौं। सुवास घिसिङले जनताको सुविधाका लागि बनाईदिएको रोडमा टोल ट्याक्स उठाउनु उचित होइन। यस विषयमा जिल्लापपालले जीटीएको मुख्य सचिवसित बसेर कुरा गर्ने अनि गोरामुमोलाई पनि बोलाउने आश्वासन दिएका छन्।’

About Author

Advertisement