बन्सल कम्पनी अधीनस्थ रहेको बन्द चियाबारीहरू विषयमा सातवटा राजनैतिक पार्टीको ट्रेड युनियनहरूको को-अर्डिनेशन कमिटीको संयुक्त सभा सम्पन्न

दार्जिलिङ: आज जोइन्ट फोरमको एक महत्वपूर्ण बैठक क्रामाकपा पार्टीको दार्जीलिङस्थित केन्द्रीय कार्यालयमा बसिएको जानकारी प्राप्त भएको छ। उक्त बैठकमा दार्जीलिङ पहाडको सात वटा राजनीतिक दलको श्रमिक संगठनको प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।
सहभागिता जनाउने श्रमिक संगठनहरुमा गोरामुमो, सीपीआइएम, क्रामकपा,हाम्रो पार्टी, अभागोली, भाजपा लगायत गोजमुमोको श्रमिक संगठनको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
आजको सभामा विशेष रुपले बन्सल चिया कम्पनी अधीनस्थ रहेको पहाडको दशवटा चियाबगान श्रमिकहरुको विषय र आन्दोलनलाई लिएर गरिएको थियो। भागोप्रमो श्रमिक संगठनको एकपाखे नीतिले गर्दा अहिले चल्दै गरेको चियाबगानहरुलाई पनि बन्द गराएर श्रमिकहरुलाई बिचल्नीमा पारेको जोइन्ट फोरमको प्रतिनिधिहरुले आरोप लगाएका छन्। दैनिक रुपमा चियाबगानको श्रमिकहरूलाई शहरमा ल्याएर धरना, नारा, जूलुस गरेपनि तर अहिलेसम्म आन्दोलनको कुनै फलदायी निर्णय नभएको जोइन्ट फोरमको प्रतिनिधिहरुले बताए। यसको साथै आजको सभामा सबै श्रमिक संगठनहरुको सहमतिमा श्रममन्त्रीलाई पहाडको बन्सल अधीनस्थ रहेको दशवटा चियाबगान श्रमिकहरुको समस्यालाई लिएर चाढ़ै नै बैठक डाकेर हाल उक्त चियाबगानहरुमा देखा परिरहेको अस्थिरतालाई समाप्त गर्ने अनुरोध गर्दै पत्रचार गर्ने भएको छ।

About Author

Advertisement