कालचिनी: अलिपुरद्वार जिल्ला पुलिसको सहयोगिता र जयगाउँ थानाको आयोजनामा मङ्गलबार जयगाउँ स्थित गुलाबी देवी भवनमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भयोl रक्तदान शिविरको उद्घाटन अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले गरे। शिविरमा जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीलगायत जयगाउँ एएसपी कुन्तल ब्यानर्जी लगायत जयगाउँ थाना प्रभारी प्रवीर दत्ता, जयगाउँ डेभलपमेन्ट अथोरिटीका चेयरम्यान गङ्गा प्रसाद शर्मा आदि उपस्थित थिए। शिविरमा जयगाउँ एक नम्बर ग्राम पञ्चायत प्रधान कमल पाखरीन र हेमिल्टनगञ्जका समाजसेवी सपन भट्टाचार्यले पनि रक्तदान गरे भने प्रायः १०० भन्दा अधिक यूनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा सुम्पिएको छ। अलिपुरद्वार जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभावलाई ध्यानमा राखेर नै पुलिस प्रशासनद्वारा रक्तदान शिविर सम्पन्न गर्दै आइरहेको र यो विभिन्न थाना क्षेत्रमा सम्पन्न हुँदै आईरहेको अलिपुरद्वार जिल्ला पुलिसको अधीक्षक वाई रघुवंशीले जनाएका छन्।









