३ सुत्रीय मागलाई लिएर २ घण्टा हडताल

सिलगढी: आज राज्यभरिकै विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू महँगाई भत्ता वृद्धि लगायत ३ सुत्रीय मागलाई लिएर २ घण्टा हडतालमा बसे। यो घडताल सिलगढीको विभिन्न सरकारी कार्यालयमा पनि पालन गरियो। रिक्त पदमा कर्मचारी नियुक्त लगायत अस्थायी कर्मचारीहरूको वेतन वृद्धि गरिनुपर्ने मागमा राज्य को-अडिनेसन कमिटीको दार्जिलिङ जिल्लाका सदस्यहरू आवाज उठाए। आज भूमि एवम् भू-राजस्व विभागको कार्यलय अघि विरोध प्रदर्शन गरियो। राज्यमा सरकारी कर्मचारीहरूको आरोपअनुसार अन्य राज्यहरूमा सरकारी विभागका कर्मचारीहरूको महँगाई भत्ता वृद्धि गरिए तापनि यता राज्यमा सरकारी कर्मचारीहरूको महँगाई भत्ता वृद्धि गरिएको छैन। यस सम्बन्धमा संगठनका जिल्ला सचिव मृत्युञ्जय सरकारले माग पुरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए।

About Author

Advertisement