राजगञ्ज: चामलको बोरा लादिएको एउटा ट्रक सड़क किनारको जलाशयमा पल्टिँदा ट्रकको चालक अनि खलासी घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाइगढी राष्ट्रीय राजमार्गमा भएको हो। गत अबेर राति उक्त दुर्घटना राजगञ्ज विधानसभाको बेलाकोवा अञ्चलस्थित दसदरगा इलाकामा भएको थियो। उक्त दुर्घटनापछि घाइते अवस्थामा स्थानीय मानिसहरूले चालक अनि खलासीलाई उद्धार गरेर जलपाइगढी सुपर स्पेशियलिटी अस्पतालमा भर्ना गरिदिएको छ।
निन्द्राले गर्दा चालकले नियन्त्रण हराएर उक्त दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। अर्कोतिर, घटनाको खबर पाएर जलपाइगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको छ। यसको घटनाको जाँच शुरू गरेको बताइएको छ।










