दार्जीलिङ: तीन स्तरीय पञ्चायत चुनाउ भएको खण्डमा लालकोठी कमजोर हुन्छ भन्ने विगतका नेताहरूलाई पनि डर थियो अनि आजको नेतृत्वहरूलाई पनि डर पसेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डसले बताएका छन्। अध्यक्ष एडवार्डसले अघि भने दागोपापको शासनकालमा पञ्चायत चुनाउको चर्चा हुँदा तीन स्तरीय पञ्चायत चुनाव भएको खण्डमा लालकोठी कमजोर हुन्छ भन्ने त्यस समयको पार्षदहरूलाई डरले सताएको थियो भने त्यो डर र सन्त्रास आज पनि यथावत रहेको स्पष्ट भएको छ भन्ने तिनले बताए। राज्य निर्वाचन आयोगले हिज सोमबार मात्र दुई स्तरीय पञ्चायत चुनाउको सीमाकंनको अधिसूचना जारी गरेको छ अनि उक्त अधिसूचना जारी भएपछि भागोप्रमोको नेतृत्वहरूले त्यसको श्रेय लिने कार्य गर्दै आइरहेको छ तर आफुले पहाडमा पञ्चायत चुनाउ शीध्र गराउनु पर्छ भन्ने मांगबारे सरकारलाई पत्रचार गर्ने काम आज भन्दा दुई बर्ष अघिदेखि नै गर्दै आएको हो अध्यक्ष एडवार्डसले भने। तिनले अझ भने पञ्चायत चुनाउबारे आफुले आवाज उठाएको मिडिया रिपोटहरूमा आएपछि कालेबुङ विधायक रूदेन सादा लेप्चाले पनि पञ्चायत चुनाउबारे आवाज उठाएको हो तर हाम्रो पार्टी पहाडको सवै भन्दा कान्छो पार्टी भएको हुनाले श्रेय लिने काम कदापी गर्ने छैन अध्यक्ष एडवार्डसले भने। पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ गराउनु कतिपय संवैधानिक अडचनहरू छन् तर ती अडचनहरूलाई केन्द्र सरकारले पन्साएर पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ गराउनु पर्छ भन्ने मांग पनि अध्यक्ष एडवार्डसले उठाए। केन्द्रको भाजपा सरकारले दार्जीलिङ एंव गोर्खाहरूको दीर्घकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने लिखित वाचा गरेका छन,यसको साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गराउने वाचा पनि गरेका छन् तर आजसम्म ती कुनै वाचाहरू पूरा गरेको छैन भन्दै कमसेकम पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ त गरी देउ अध्यक्ष एडवार्डसले भने। तीन स्तरीय पञ्चायत चुनाउ हुँदा लालकोठी कमजोर हुन्छ भने होस तर गाउँ बस्ती,चिया कमान,सिन्कोना बगान बलियो हुनपर्छ,गाउँ बस्तीहरूमा बाटो, स्वास्थ्य, पिउने पानी आदि जस्ता बुनियादी विषयहरूको राम्रो ब्यवस्था छैन,तीन स्तरीय पञ्चायत चुनाउ गराउँदा लालकोठी कम्जोर हुन्छ अनि गाउँ बस्ती बलियो हुन्छ भने होस अध्यक्ष एडवार्डसले भने। देशभरी नै अहिले तीन स्तरीय पञ्चायत चुनाउ हुँदैछ अनि पहाडमा तीन स्तरीय पञ्चायत चुनाउ हुनपर्छ भन्दा दार्जीलिङको सांसद राजु विष्ट समक्ष पहाडमा तीन स्तरीय पञ्चायत चुनाउको लागि सरकारमाथि दबाव बनाउने अध्यक्ष एडवार्डसले आहवान गऱ्यो। तर आफु दुई स्तरीय पञ्चायत चुनाउको विरोध नरहेको पनि अध्यक्ष एडवार्डसले बताए। पहाडको दशवटा बन्द चिया बगानहरूमा कार्यरत श्रमिकहरूको पक्षमा आफुहरूले जोइण्ट फोरमको पक्षबाट गत केही दिन अघि जिल्लाधिकारी एस पूनमबालमसँग भेटवार्ता गरेको जानकारी अध्यक्ष एडवार्डसले दिए। बन्सल कम्पनीको मालिक एंव अधिकारीहरूलाई जिल्लाधिकारीले बैठकको निम्ति निम्ताएको छ भन्ने जानकारी अध्यक्ष एडवार्डसले दिए। तिनले अघि भने कोविडको समयमा चिया श्रमिकहरूको लागि जीटीए रिलिफ फ्रण्ड संग्रह गरेको थियो अनि उक्त फ्रण्डमा कमसेकम दुई करोड अर्थ संग्रह भएको छ, संग्रह भएको राशीमा जीटीएले आफ्नो पक्षबाट थपेर ४ करोड रूपिया जति बनाएर चिया श्रमिकहरूलाई वितरण गर्ने जीटीए चेयरम्यानले मिडिया रिपोर्टमा बताएका थिए,त्यही धनराशी बन्द चिया श्रमिकहरू वीच वितरण गरियोस् भन्ने अध्यक्ष एडवार्डसले मांग गरेको छ। बन्द चिया बगानहरूको श्रमिकहरूको पक्षमा हाम्रो पार्टीले के कस्तो प्रकारले सहयोग पुराउनु पर्ने भन्ने विषयमाथि शीध्र नै बैठक गरेर निर्णय लिने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने।









