तेस्रो ईण्डो नेपाल खुल्ला कराँते च्याम्पियनशीपमा गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका नानीहरूद्वारा असल प्रदर्शन

IMG-20240401-WA0201.jpg

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका २५ जना नानीहरूले तेस्रो ईण्डो नेपाल खुल्ला च्याम्पियनशीपमा भाग लिएका थिए। यस प्रतियोगिताका प्रमुख अतिथिक रूपमा हिमालयन हार्टक निर्देशक काकिशन साहानी रहेका थिए। अप्पर बाघडोगरामा सेन्सी कुनम राईको आयोजनामा सम्पन्न उक्त तेस्रो ईण्डो नेपाल खुल्ला कराँतो च्याम्पियनशीपमा खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका चारजना नानीहरूले विभिन्न वर्गमा जितेर तेस्रो स्थान हाँसुल गर्न सक्षम बन्दै ट्रफी र नगदराशि प्राप्त गरेका छन्।

गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका नानीहरूमा अन्नवी राईले बेस्ट फाइटरको अवार्ड जित्न सफल भइन् भने अन्यले अनुशासनमा पनि ट्रफी जित्न सफल भएका छन्। यसको साथै नानीहरूले ट्रफीसितै नगदराशि पनि जित्न सफल बनेका छन्।

यस अवसरमा गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबद्वारा चारैजना नानीहरूलाई नदगराशि प्रदान गरेर प्रोत्साहित पनि गरेको जानकारी प्रशिक्षक अमित छेत्रीले दिएका छन्।

About Author

Advertisement