29 नम्बर समष्टिको गिध्द पहाडमा‌ नारी शक्तिको सांगठनिक सभा सम्पन्न

964a27f2-5207-4258-8e31-94b1f9655c0a

खरसाङ (11 सेप्टेम्बर): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन नारी शक्तिको 29 नम्बर खरसाङ गिध्द पहाड समष्टि अन्तर्गत गिध्द पहाडमा सांगठनिक सभा सम्पन्न भएको छ। गिध्द पहाड क्षेत्रका 6 वटा संसदहरु एंव पाँचवटा बुथहरुलाई लिएर सम्पन्न सांगठनिक सभाको अध्यक्षता नारी शक्तिकी केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधानको अध्यक्षतामा र नारी शक्ति 29 नम्बर समष्टिकी संयोजिका शीत्तल रसाईलीको सञ्चालनमा भएको छ। सभालाई समष्टि संयोजिका शीत्तल रसाईली, सबिता थापा छेत्री, सपना लामा र केन्द्रीय अध्यक्षा अनु छेत्री प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा विशेष गरेर 29 नम्बर खरसाङ गिध्द पहाड समष्टिमा नारी शक्तिको समष्टि कमिटी गठनलाई लिएर चर्चा परिचर्चा गरिएको छ। अब समष्टिको विभिन्न स्थानहरुमा सांगठनिक सभा आयोजना गरेर आगामी दिनमा सबैलाई समेटेर 29 नम्बर खरसाङ गिध्द पहाड समष्टिमा नारी शक्तिको समष्टि कमिटी गठन गरिने भएको जानकारी प्राप्त भएको छ।‌ सभामा वक्ताहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी र नारी शक्तिको विभिन्न सांगठनिक गतिविधि र आगामी दिनमा विभिन्न स्थानहरुमा हुने सांगठनिक सभाहरु र योजना विषयमा चर्चा परिचर्चा गरिएको छ।

About Author

Advertisement