वन विभागद्वारा घुम्ती कमानबाट किङ्ग कोपरा उध्दार

1d72ed09-28f0-44d3-8a0f-585ffa79c905

खरसाङ (11 सेप्टेम्बर): वन विभागद्वारा खरसाङ रेञ्ज अन्तर्गत घुम्ती चियाबारीमा एउटा किङ्ग कोपरा उध्दार गरिएको छ। प्राप्त जानकारी अनुसार वन विभागको खरसाङ रेञ्जका रेञ्जर अफिसर मनोजकुमार छेत्रीलाई घुम्ती चियाबारीबाट जानकारी आएपछि उनकै निर्देशनमा वन विभागको टोली पुगेर घुम्ती चियाबारीबाट एउटा किङ्ग कोपरा उध्दार गरेको छ।‌ शुक्रवार बिहान 10-11 बजीको समयमा जानकारी पाएपछि वन विभागको टोली घुम्ती चियाबारी पुगेर घुम्ती चियाबारीको कारखाना पाखा गाउँबाट लामो संघर्षपछि वन टोलीले किङ्ग कोपरालाई उध्दार गरेको छ। वन विभागको टोलीमा सर्प विशेषज्ञ रोशन थापा र सियोक प्रधान ट टोलीले सर्पलाई सुरक्षित उध्दार गरेर लगेर सुरक्षित स्थानमा रहेको जंगल क्षेत्रमा छोडिदिएको जानकारी प्राप्त भएको छ। वन विभागको टोलीमा गएको सर्प विशेषज्ञ रोशन थापाले घुम्ती चियाबारीका स्थानीयहरुलाई सर्प विषयमा सचेतना पनि गराएका थिए। उनले स्थानीयहरुलाई सर्पसित लावरवाही नगर्ने किनभने खरसाङ क्षेत्रमा विभिन्न प्रजातिका सर्पहरु पाइने र सर्प भेटिएमा वन विभागलाई तुरुन्तै खबर गरिदिने निवेदन पनि गरेका छन्।‌ उनले स्थानीयहरुलाई सर्प विषयमा सचेतना गराएका छन्।

About Author

Advertisement