५७ दिने अमरनाथ यात्राको निम्ति प्रशासन कडा, ७० वर्ष नाघेकाहरूलाई नो एन्ट्री
नयाँ दिल्ली: यसपालिको श्री अमरनाथ यात्रा २०२६ को निम्ति प्रशासनिक तयारीहरू जोडतोडका साथ चलिरहेका छन्। ३ जुलाईदेखि सुरु भएर २८ अगस्ट अर्थात् रक्षाबन्धनको दिन समापन हुने यो पवित्र यात्रा पूरे ५७ दिनको हुनेछ। जम्मू-कश्मीर प्रशासनले यसपालि सुरक्षा र स्वास्थ्य व्यवस्थालाई लिएर निकै कडा नियमहरू बनाएको छ, जसमा १३ वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका मानिसहरूलाई यो कठिन यात्रा गर्ने अनुमति दिइने छैन।
१४ देखि ४३ किलोमीटरसम्मको यो हिँड्ने बाटो निकै चुनौतीपूर्ण हुने भएकाले हरेक यात्रीको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ र जम्मूको भगवती नगर बेस क्याम्पमा आरएफआईडी सेन्टर, लङ्गर र बस टिकटको राम्रो व्यवस्था मिलाइँदैछ।









