३२ सालको सबैभन्दा सानो राष्ट्रमण्डल खेलहरूः भारतको पदक जित्ने सम्भावनाहरूलाई झट्का

IMG-20260722-WA0074

नयाँ दिल्ली: अर्जेण्टिनालाई फाइनलमा पराजित गरी स्पेन विश्व विजेता बन्नको साथै फिफा विश्व कप समाप्त भएको छ। त्यसपछि भारतीय खेलप्रेमीहरूका नजर अहिले ग्लास्गो राष्ट्रमण्डल खेलहरू २०२६-मा रहेको छ, जसको शुुरुवात स्कटल्याण्डमा २३ जुलाईदेखि हुन गइरहेको छ। ईंग्ल्याण्डको बर्मिंघममा आयोजित राष्ट्रमण्डल खेलहरू २०२२-को २० वटा खेलहरूको तुलनामा ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा केवल १० वटा खेल सामेल गरिएको छ। यो गत ३२ सालमा कुनै पनि राष्ट्रमण्डल खेलहरूमा सामेल स्पर्धाहरूको सबैभन्दा कम्ती संख्या हो। अन्तिमपल्ट १९९४-मा क्यानाडाको भिक्टोरियामा आयोजित राष्ट्रमण्डल खेलहरूमा १० वटा स्पर्धा आयोजित गरिएको थियो। ग्लास्गो २०२६-मा खेलहरूको संख्यामा कटौतीले भारतलाई ठूलो नोक्सान हुनेछ कारण पदक तालिकामा अग्रिम पंक्तिमा राख्नमा फाइदा पुऱ्याउने कुश्ती, शूटिंग, ब्याडमिण्टन र टेबल टेनिस जस्ता खेलहरू यसपाली देख्न पाइनेछैन। यस खेलरूमा भाारतले बर्मिंघम २०२२-मा जितेको ६१-मा ३० वटा पदक जितेको थियो। यसैकारण राष्ट्रमण्डल खेलहरूको गत संस्करणमा चौथो स्थानमा रहने भारतको निम्ति यसपाली चुनौती मुश्किल रहनेछ। साल २०३०-मा अहमदाबादमा हुने आउँदो राष्ट्रमण्डल खेलहरूमा चाहिँ यी खेलहरू फर्किनेछ। यसबीच खेलहरू शुरु हुन अघि नै भारतीय बक्सिंग टोलीको समस्या बढ़ेको छ। बेलफास्टबाट ग्लास्गो पुग्ने २२ सदस्यीय भारतीय बक्सिंग टीमको आधा खेलाड़ीहरूका समान हराएको छ। जेस्मिन, साक्षी र परवीनसहित धेरै खेलाड़ीहरूका ट्रेनिंग गियर र उद्घाटन समारोहका लुगाफाटा ग्लास्गो पुगेको छैन। जुलाईको शुरुवातमा बक्सरहरू दोहाबाट बेलफास्ट जाँदा पनि यस्तो घटना भएको थियो।
भारतले ४ साल अघि राष्ट्रमण्डल खेलहरूमा १६ वटा खेलको निम्ति २१० जना खेलाड़ीको टोली पठाएको थियो। यसपाली खेलहरूको संख्या कम्ती भएको हुनाले १२५ सदस्यीय टोली ग्लास्गो गएको छ। यसमा १०१ जना एथलीटले मुख्य खेलहरूमा हिस्सा लिनेछन्। यसरी २४ जना एथलीटले प्यारा राष्ट्रमण्डल खेलहरूमा हिस्सा लिनेछन्। यस १२५ सदस्यीय टोलीमा ७७ जना पुरुष र ४८ जना महिला एथलीट सामेल छन्। यसमा सबैभन्दा ठूलो टोली एथलेटिक्सको रहेको छ, जसमा प्यारा एथलीटहरू मिलाएर १० जना महिला र २२ जना पुरुषसहित जम्मा ३२ जना एथलीट सामेल छन्। त्यसपछि बक्सिंगमा १४, जूडोमा १४ र वेट लिफ्टिंगमा १२ जना खेलाड़ीलाई स्थान प्राप्त भएको छ। राष्ट्रमण्डल खेलहरू २०२६-को आयोजन पहिलो अष्ट्रेलियाको भिक्टोरिया राज्यलाई हासिल भएको थियो तर अधिक खर्चको तर्क अघि राखेर भिक्टोरियाले २०२३-मा नाम फिर्ता लिएको खियो। त्यसपछि ग्लास्गोलाई जिम्मेवारी दिइएको थियो। स्कटल्याण्डले समयको कमीले गर्दा ठूलो प्रायोजक खोज्नमा असमर्थता व्यक्त गरेको थियो। यसैकारण कम्ती खर्चमा आयोजनको निम्ति क्रिकेट र हकी जस्ता टीम खेलहरूलाई हटाइएको थियो। ग्लाग्सो खेलहरूमा एथलेटिक्स, स्वीमिंग, ट्र्याक साइकलिंग, वेट लिफ्टिंग, ३३ बास्केटबल, नेटबल, आर्टिस्टिक जिम्नास्टिक, जूडो र बक्सिंग जस्ता खेलहरू रहेको छ भने ब्याडमिण्टन, क्रिकेट, हकी, स्क्वाश, टेबल टेनिस, ट्रायथलन, कुश्ती, बीच भलिबल र रग्बी सेवन्स जस्ता खेलहरू बाहिर गरिएको छ। राष्ट्रमण्डल खेलहरू २०२६-को समापन २ अगस्तमा हुनेछ।

About Author

Advertisement