२०२ ग्राम ब्राउन सुगरसहित तस्कर पक्राउ

मालदा: अंग्रेजीबजार थानाको पुलिसले गोप्य स्रोतबाट छापा मारेर लाखौं रूपियाँको ब्राउन सुगरसहित एक तस्करलाई पक्राउ गरेको छ। लागुऔषध कारोबारीलाई प्रहरीले आइतबार राति कालीचक प्रहरी चौकी नजिकैको इमामजागी इलाकाबाट पक्राउ गरेको हो। अभियुक्तबाट २०२ ग्राम ब्राउन सुगर बरामद भएको छ। यसको हालको बजार मूल्य लगभग ४ लाख २० हजार रहेको प्रहरीले जनाएको छ। सोमबार प्रहरीले आरोपीलाई हिरासतमा लिएर सोधपुछका लागि मालदा अदालतमा पेश गरेको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेको नाम साहदाद शेख रहेको छ। उनको घर कालीचमा छ। आरोपीको साथबाट एउटा मोटरसाइकल पनि उद्धार भएको छ। आरोपितले प्लाष्टिकको प्याकेटमा ब्राउन सुगर भरेर तस्करी गर्ने योजना बनाएका थिए। तर त्यसअघि गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा अङ्ग्रेजीबजार प्रहरी चौकीका प्रहरी अधिकृत अन्सारुल हकको नेतृत्वमा गएको टोलीले इमामजागी इलाकाबाट अवैध ब्राउन सुगरसहित अभियुक्तलाई रङ्गेहात पक्राउ गरेको थियो। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement