दार्जिलिङ नगरपालिकामा भागोप्रमोको बोर्ड गठन गरेकोमा खरसाङमा मनाइयो खुशीयाली

खरसाङ: दार्जीलिङ नगरपालिकाको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गठन गरेको खुशीमा खरसाडमा पटेका पढ़काएर खुशीयाली मनाइएको छ। यहाँको मोटर स्टाण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समिति र टाउन कमिटीको पदाधिकारीहरू लगायत कार्यकर्ताहरू भेला भएर पटेका पडकाएर खुशीयाली मनाइएको छ। खरसाङको मोटर स्ट्याण्डमा पटेका पढ़काएर खुशीयाली मनाएपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति एंव जीटीए जन सम्पर्क अधिकारी सुवास प्रधानले दार्जिलिङ नगरपालिकामा भागोप्रमोको बोर्ड गठन भएको खुशीमा आज खरसाङमा पनि पटेका पढ़काएर खुशीयाली मनाइएको जानकारी गराएका छन्। उनले आज भागोप्रमोले गणतान्त्रिक ढंगले दार्जिलिङ नगरपालिकाको बोर्ड गठन गरेको र यसको पूर्ण श्रेय पार्टी अध्यक्ष अनित थापालाई जाने पनि बताएका छन्। सुवास प्रधानले पहाड़मा शान्ति बहाली गरेर पहाड़को विकास कार्य गरिरहेको बताउँदै र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुख्य उद्देश्य नै पहाड़मा शान्ति बहाली र विकास गर्नु रहेको बताएका छन्। उनले दार्जिलिङ नगरपालिकामा भागोप्रमोले बोर्ड गठन गरेकोमा पार्टीका केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय पदाधिकारीहरू र दार्जिलिङ नगरपालिकाको नयाँ बोर्डका पदाधिकारीहरू र सबैलाई धन्यवाद दिएका छन्।

पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले दार्जिलिङमा भईरहेको संघर्ष समितिको सभालाई कटाक्ष गर्दै त्यो भेलाको कुनै एजेण्डा छैन अनि उनीहरूको एजेण्डा भनेको अनित थापालाई गाली गर्नु र भागोप्रमोलाई कसरी तल झार्नु त्यो मात्रै रहेको बताएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुख्य उद्देश्य भनेको पहाड़को शान्ति बहाली र विकास रहेको बताएका छन्।

About Author

Advertisement