“दार्जीलिङ नगरपालिकाको बोर्ड गठन गर्नु हाम्रो निम्ति चुनौती साथै उपलब्धि पनि हो”: अनित थापा
दार्जिलिङ: दार्जीलिङ नगरपालिकामा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नयाँ कमिटी गठन भएको छ। आज भएको नयाँ चेयरम्यानको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दिपेन ठकुरी निर्विरोध चेयरम्यान निर्वाचित भएका छन्। दानपा बोर्डमा भागोप्रमोको अध्यक्ष बनाए पश्चात पार्टी अध्यक्ष अनित थापाले दार्जीलिङ्ग जज बजारस्थित पार्टी केन्द्रिय कार्यालयमा एउटा कोठे बैठक डाकेर सबैलाई बधाई दिँदै भने, “दार्जीलिङ नगरपालिकाको बोर्ड गठन गर्नु हाम्रो निम्ति चुनौती पनि हो साथै उपलब्धि पनि। हाम्रो पार्टीले बोर्ड गठन गरेको १०० दिनमा जुन काम गर्छु भनेर वचन दिएका थिए एउटा काम पनि पूरा गर्नु सकेन। हामी प्रण कम्ती गर्छौं काम बेसी।”
भागोप्रमोले एउटा हाम्रो राज नै खोसी दियो भन्ने न्यारेटिभ विपक्षको नेताहरुले चलाउँदैछ। जनताले होइन भन्दै थापाले भने, “एक राजनैतिक दलको राजपाट खोसिन्दा मन विचलित हुनु स्वाभाविक नै हो। राजनैतिक दल भएपछि आफ्नो दल बढाउने हाम्रो धर्म हो।”
दार्जीलिङ नगरपालिका गरिमामय नगरपालिका हो। त्यो आजदेखि हाम्रो हातमा आएको छ भन्दै उनले थप भने, “राजनीतिमा हार जीत हुन्छ, त्यो स्वीकार गर्नु सक्नुपर्छ। रितेश पोर्तेल भाइलाई उसकै पार्टीको अध्यक्षले निकाली दिएको हो। त्यसपछि प्रतिभा राईलाई अफर दिएको हो। रितेश भाइलाई चुनाव लड्नु दिनु पर्थ्यो। त्यो पार्टीमा नेता नै आफ्नो कार्यकर्ताप्रति इमान्दार छैन। हाम्रो पार्टीबाट ६ जना पार्षदहरू हामीसंग सामेल भएपछि हाम्रो पार्टीमा कुनै नेता नै थिएन रहेछ। अब दार्जीलिङ नगरपालिकालाई हामी जीटीए तर्फबाट पनि सहयोग गर्नेछौं।”

दार्जीलिङ नगरपालिकामा विश्वास मत हारेपछि आज नयाँ बोर्ड गठन गर्नको निम्ति चुनाव डाकिएको थियो। चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि तृणमूलका मिलाएर १६ पार्षदहरु उपस्थित थिए। हाम्रो पार्टी अनि अन्य पार्टीका पार्षदहरु अनुपस्थित रहे। गोप्य मतदानद्वारा चुनाव गरिएको थियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट दिपेन ठकुरीलाई उम्मेद्वार बनाइएको थियो। ठकुरीको प्रतिपक्षमा अन्य कुनै उम्मेद्वार खडा भएनन्।










