हेलेन लेप्चा सिक्किम मेडिकल कलेज सञ्चालनको तयारीमा, एनएमसीको अनुमतिको प्रतीक्षा​

935a1541-15ca-4928-89d3-221fed5d93f9

गान्तोक: सिक्किम सरकारले आफ्नो तर्फबाट सम्पूर्ण आवश्यक प्रक्रिया र पूर्वाधारहरू पूरा गरेपछि ‘हेलेन लेप्चा सिक्किम मेडिकल कलेज’ चालू शैक्षिक सत्रदेखि नै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। राज्यको स्वास्थ्य विभागले कलेज सञ्चालनका लागि आवश्यक सबै तयारी चुस्त राखिएको जनाएको छ।​महान् स्वतन्त्रता सेनानी हेलेन लेप्चा (सावित्री देवी) को नाममा स्थापना गरिएको यस सरकारी मेडिकल कलेजले अब राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) बाट प्रदान गरिने आधिकारिक अनुमति पत्र (लेटर अफ पर्मिसन–एलओपी) को प्रतीक्षा गरिरहेको छ। एनएमसीबाट अनुमति प्राप्त हुनासाथ कलेजमा एमबीबीएस तहको पठनपाठन र भर्ना प्रक्रिया विधिवत रूपमा सुरु हुने स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन्। राज्यमा स्वास्थ्य पूर्वाधार र चिकित्सा शिक्षाको विकासका लागि यस कलेजको स्थापनालाई एक ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

About Author

Advertisement