हेडन-पण्टिंगले स्पिनर अश्विनलाई बाहिर राख्ने फसेलाको आलोचना गरे

IMG-20230608-WA0164.jpg

८ जूनः अष्ट्रेलियाका पूर्व दिग्गज क्रिकेटर म्याथ्यू हेडन र रिकी पण्टिंगले अष्ट्रेलिया विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलको निम्ति आफ्नो प्रमुख अफ् स्पिनर रविचन्द्रन अश्विनलाई बाहिर गर्ने भारतको फसेलाको आलोचना गरे। अश्विन टेस्ट क्रिकेटमा नम्बर एक बलर हुन् अनि २०२१-२३ डब्ल्यूटीसी चक्रमा भारतको निम्ति सर्वाधिक विकेट हासिल गर्ने बलर हुन्। रोहित शर्माको कप्तानीमा रहने भारतीय टीमले फाइनलको निम्ति चारजना पेस बलरलाई राखेर अश्विनको स्थानमा रविन्द्र जडेजालाई चयन गऱ्यो। पहिलो दिनको खेल समाप्त भएपछि हेडनले भने, मेरो विचारमा रविचन्द्रन अश्विन महत्त्वपूर्ण कारक हुन्। उनी त्यसै त टेस्ट चक्रमा अग्रणी विकेट लिने बलर बनेका होइनन्। अश्विनलाई टीममा नराख्ने फसेला निराशाजक लाग्यो। म्याचमा भारतीय बलरहरू ट्रेविस हेड (अविजित १४६) र स्टीव स्मिथ (अविजित ९५)-बीच भएको म्याराथन पार्टनरशीपलाई तोड़्न व्यर्थ भए। यी दुईले २५१ रनको अटूट पार्टनरशीप गरिसकेका छन्। यसैको फलस्वरूप अष्ट्रेलियाले पहिलो दिन ३ विकेट गुमाएर ३२७ रन बनायो।

विश्व कप विजेता कप्तान पण्टिंगले अश्विनलाई बाहिर गर्ने फसेलालाई गल्ती बताए। पण्टिंगले भने, मेरो विचारमा उनीहरूले चारजना पेस बलर खेलाएर ठूलो गल्ती गरे। अब परिणाम त म्याचको अन्तमा मात्र पत्तो लाग्नेछ। खेल अघि बढ़्नको साथै विकेटबाट टर्न हासिल हुनेछ। यस कुरामा कुनै सन्देह छैन। अष्ट्रेलियाको ब्याटिंग क्रममा धेरैजना देब्रे हातका ब्याटर छन्। यसैकारण अश्विन उपयोगी बलर साबित हुने थिए। उल्लेखनीय छ, टेस्ट क्रिकेटको इतिहासमा अश्विन देब्रे हातका ब्याटरहरू विरुद्ध सबैभन्दा सफल बलर हुन्। म्याचमा टस जितेर रोहितको पहिलो बलिंग गर्ने फसेलालाई लिएर पनि निक्कै बहस भयो। भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले यसलाई नकारात्मक मानसिकता बताए। यसरी हेडनले पनि यसलाई भारतीय कप्तानको एउटा गल्ती बताए। उनले भने, भारतले टसमै एउटा गल्ती गऱ्यो। प्याट कमिन्सले उनलाई बलिंग गर्न मन परेको कुरा भने पनि अष्ट्रेलियाले टेस्ट क्रिकेटमा सदा पहिला ब्याटिंग गर्न रुचाउँछ।

About Author

Advertisement