सिलगढी: सिलगढी महानगरपालिकाको माटिगडा थानाको पुलिसले एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा शिमुलतलाका दुई युवालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। यो घटना बुधबार साँझको हो। पक्राउ परेका दुवै युवा पीडितका साथी रहेको बताइएको छ। हिजो बालिकालाई सिमुलतला चिया बगानमा बोलाएर सामुहिक बलात्कार गरेको आरोप छ। घटनापछि बालिकाका आफन्तले राति करिब १०ः३० बजे माटिगरा पुलिस थानामा लिखित उजुरी दिएका थिए। उजुरीपछि पुलिसले दुवै युवालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुको नाम निलय सरकार र आकाश मण्डल रहेको छ। पक्राउ परेका दुवैलाई बिहीबार सिलगढी अदालतमा पठाइएको छ। माटिगरा पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।










