खरसाङ: हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधि टोलीले कलकत्ता श्रम विभागको अफिस न्यू सेक्रीटेरियट बिल्डिङमा पुगेर स्पेसल लेबर कमिशनर कल्लोल ब्यानर्जीमार्फत श्रममन्त्री अर्जुन सिंहलाई ज्ञापन पत्र बुझाएको छ। उक्त ज्ञापन पत्रअनुसार विशेष गरी चिया उद्योगमा देशको कानुन, भारतीय श्रम सम्मेलनको सुझाव, सुप्रिम कोर्टको फैसला, हाईकोर्टको आदेश अनि महंगाईलाई मध्यनजर राख्दै न्यूनतम ज्याला तय अनि लागु गर्नु अनि जसको जति जमिन छ त्यतिनजमिनको पर्जापट्टा दिनुपर्ने बारे माग गरिएको छ।यसबाहेक विशेष गरेर लङभ्यू कमानमा भइरहेको जमिनी भ्रष्टाचारको अन्त्य,फ्याक्ट्री सञ्चालन साथै पारदर्शी सञ्चालनबारे माग गरिएको छ। स्मरण रहोस्, विगत ५ अगस्ट २०२६ को दिन खरसाङ एसिस्टेन्ट लेबर कमिशनरलाई ज्ञापनपत्र मार्फत यी समस्याहरू बारे जानकारी दिँदै सरकारले त्रिपक्षीय वार्ता बोलाएर यस कमानको भविष्य बारे निर्णय गर्ने माग एचपीईयू ले गरी सकेको थियो भने त्यही मागलाई आजको ज्ञापन कार्यक्रमले अझै तीव्रता दिएको छ।










