दार्जिलिङमा भारतीय नेपाली साहित्यमा सांस्कृतिक परिदृश्य विषयक दुई दिवसीय संगोष्ठी आयोजना गरिने

9a069943-13d7-44c8-a028-c833793a0adf

दार्जिलिङ: साहित्य अकादमी र दार्जिलिङ सरकारी महाविद्यालयको संयुक्त तत्वावधानमा भारतीय नेपाली साहित्यमा सांस्कृतिक परिदृश्य विषयक दुई दिवसीय संगोष्ठी आयोजना गरिने भएको छ। साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाले जानकारी गराए अनुसार दार्जिलिङ सरकारी महाविद्यालयमा भारतीय नेपाली साहित्यमा सांस्कृतिक परिदृश्य विषयक दुई दिवसीय संगोष्ठी आयोजना गरिने भएको छ। उक्त दुई दिवसीय संगोष्ठीमा पहिलो दिनको उदघाटन सत्रमा स्वागत सम्भाषण अंग्रेजी साहित्यकी सम्पादक स्नेह चौधरीले राख्ने भएको छ भने परिचयात्मक मन्तव्य साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या एंव वरिष्ठ साहित्यकार आशा मुखिया लामाले राख्नेछन्।‌ त्यसरी नै साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक शंकरदेव ढकालले बीज भाषण राख्ने भएका छन् भने अध्यक्षीय सम्बोधन दार्जिलिङ सरकारी महाविद्यालयकी स्नातकोत्तर विभागकी विभागीय सुजतारानी राईले राख्ने जानकारी प्राप्त भएको छ। भारतीय नेपाली साहित्यमा सांस्कृतिक परिदृश्य विषयक दुई दिवसीय संगोष्ठीको प्रथम सत्रलाई वरिष्ठ साहित्यकार डा जीवन नामदुङले गर्ने भएको छ। यस कार्यक्रममा विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ। यस अन्तर्गत ‘भारतीय नेपाली उपन्यासमा अन्तर्निहीत लोक सांस्कृतिक परिदृश्य विषयमा डा रागिनी थापाले कार्यपत्र प्रस्तुत गर्नेछन् भने बिक्रम राईले ‘भारतीय समकालीन लोक साहित्यमा परालौकिक अस्तित्वको अवधारणा’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्।‌ त्यसरी नै मेहेरमान सुब्बाले भारतीय नेपाली उपन्यासमा लैङि्गक विमर्श’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।‌ त्यसरी नै दोस्रो सत्रको अध्यक्षता वरिष्ठ साहित्यकार राजकुमार छेत्रीले‌ गर्नेछन् भने यस सत्रमा पनि विभिन्न लेखकहरुले आफ्नोे कार्यपत्र प्रस्तत गर्नेछन् जसमा कुशल घिमिरेले ‘भारतीय नेपाली चलचित्रमा लोक सांस्कृतिक सन्दर्भ’, अल्का शर्माले ‘भारतीय नेपाली आख्यानमा जातीय अस्मिताको प्रसंग, महेश दाहालद्वारा ‘भारतीय समकालीन नेपाली आख्यानमा सांस्कृतिक रूपान्तरणको अवस्था र अवधारणा’ विषयमा कार्य पत्र प्रस्तुत गर्नेछन्।‌ साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाले थप जानकारी गराए अनुसार दोस्रो दिनको कार्यक्रम एवं तेस्रो सत्रको अध्यक्षता वरिष्ठ साहित्यकार डा गोकुल सिन्हाले‌ गर्नेछन् भने कार्यपत्र प्रस्तुत गर्नेहरुमा सुरेन्द्र चाम्लिङले ‘भारतीय नेपाली कथामा अमूर्त सांस्कृतिक परिदृश्यको समीक्षात्मक विमर्श’, दिपेश लामाले ‘भारतीय नेपाली नाट्यकृतिहरूका लोक सांस्कृतिक पृष्ठभूमि’, मनोज लिम्बूले ‘नेपाली लोक साहित्यमा प्रकृति र मानव अन्तर्सम्बन्धको विकसित परम्परा’ विषयमा कार्य पत्र प्रस्तुत गर्ने भएका छन्। त्यसरी नै चौथो सत्रको अध्यक्षता वरिष्ठ साहित्यकार राधा शर्माले गर्नेछन् भने कार्यपत्र प्रस्तोताहरुमा मौसम शर्माले ‘भारतीय नेपाली कवितामा ऐतिहासिक परिप्रेक्ष्य कालक्रमिक समालोचनात्मक अध्ययन’,
सदीप प्रधानले नेपाली आख्यानमा चियाबारीको श्रीवृध्दि एवं समकालीन सन्दर्भ विवेचना’, सरोज राईले ‘भारतीय नेपाली कवितामा सबाल्टर्न स्वर एक अध्ययन’ विषयमा कार्य पत्र प्रस्तुत गर्नेछन्। यस दुई दिवसीय कार्यक्रममा धन्यवाद ज्ञापन अपूर्व शर्माले राख्ने भएका छन्।‌

About Author

Advertisement