‘हिन्दी साहित्य सेवा समिति’ सिक्किमको सभा सम्पन्न

95340219_1569987793176909_4086482290597691392_n.jpg

गान्तोक। ‘हिन्दी साहित्य सेवा समिति’ सिक्किमकी संयोजिका रूपा तामाङको तत्परतामा गान्तोक एमजी मार्गस्थित एक होटलमा सभा सम्पन्न भयो। सभामा सिक्किम सरकारद्वारा आयोजन हुनलागेको दुई दिवसीय “रिड एन्ड ग्रो, लिटरेरी फेस्टिवल सीजन-II” मा संस्थाले भाग लिने बिषयमा चर्चा परिचर्चा भयो। हिन्दी साहित्य सेवा समितिको अध्यक्ष भीम ठटालले बताएअनुसार “रिड एण्ड ग्रो, लिटरेरी फेस्टिभल सिजन-II” लाई हिन्दी साहित्य सेवा समितिको तर्फबाट सँधै सहयोग रहनेछ। शिक्षाको क्षेत्रमा यो अभियान सराहनीय हुनको साथै यस अभियानले पढ्ने आदतलाई विकास गर्नेछ। विद्यार्थिवर्ग अनि पाठकवर्ग लाभान्वित हुने उनले जानकारी गराए। “हिन्दी साहित्य सेवा समिति” सिक्किम, गैर-हिन्दी सिक्किमेहरूद्वारा संगठित संस्था हो। सिक्किमसँग सम्बन्धित राज्यस्तरीय हिन्दी साहित्यिक गतिविधिमा संलग्न यो संस्था विगत २०१५ देखि सक्रिय छ। यसको उद्देश्य यहाँको साहित्यबारे हिन्दी भाषा मार्फत अन्य भाषाहरूमा पुऱ्याउनु हो। अर्कोतर्फ यो संस्था ‘महिला सशक्तिकरण र मौलिक सिर्जना’प्रति पनि उतिकै प्रतिबद्ध छ। साहित्य सचिव डा. छुकी लेप्चाको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले बताएअनुसार यस वर्ष सिक्किमको एसकेएम विद्यार्थी संगठनद्वारा ‘महिला सशक्तिकरण’ – वात्सल्य, बहिनी, आमाको विषयवस्तुमा केन्द्रित गरेर आयोजना गरिने छ र यसलाई १५ वटा भाषा/शाखाहरूको प्रदर्शनी मार्फत देखाइनेछ। यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई पुस्तकतर्फ आकर्षित गराउने र उनीहरूलाई सचेत नागरिक बनाउन र उनीहरूलाई विभिन्न सीपहरूसँग जोड्नु हो। कुनै पनि समाजलाई प्रगतिको बाटोमा लैजानु हो भने पुस्तक बाहेक अरु कुनै मार्गदर्शक हुदैन, वास्तवमा पुस्तक नै हाम्रा सच्चा साथी रहेको उनको भनाइ रहेको छ। उपाध्यक्ष भक्ति शर्मा, संयोजक रूपा तामाङ, महासचिव मणिका शर्माले पनि कार्यक्रम सफल अनि सुव्यवस्थित गर्नका निम्ति सुझावहरू राखेका थिए।

About Author

Advertisement