गोरुबथान –अहिंसा परमो धर्म भनी शान्तिको पाठ सिकाउने गौतम बुद्धको जन्मजयन्ती यसपल्ट मिनग्लास मेला ग्राउन्डमा भव्य रुपमा पालन गरियो। मिनग्लास तामाङ बौद्ध संघको तत्वावधानमा यसपल्ट पालन गरिएको बुद्ध जयन्तीमा तीनजना लामा पढाएर विश्व शान्तिको पुजा गरियो। त्यसपछि सम्पुर्ण भक्तजन लगायत आयोजक कमिटी र लामाहरूद्वारा बुम यात्रा गरियो।मिनग्लास मेला ग्राउन्डदेखि पोस्ताक (बुम) बोकेर सम्पुर्ण मिनग्लास बजार हुँदै गाउँ परिभ्रमण गरियो। मिनग्लास बौद्ध संघका सभापति गणेश तामाङले यसरी विश्व शान्तिको पुजा गरि बुद्ध जयन्ती पालन गरियो। सबै भक्तजनले बुम बोकेर बजार गाउँ परिक्रमा गरी गाउँ शहरको रक्षा हुने गर्दछ।

यसपल्ट साइली ,दालिमकोट,गुरजुङ झोडा,भुट्टाबारी, स्पेशल बनबस्ती,नयाँ कमानबाट धेरै भक्तजनहरूको उपस्थिति रहेको थियो। यसै क्रममा बौद्ध संघको सचिव उलमान सिंह तामाङले दिनभरि पुजापाठ गरिनेछ भने बेलुकी सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिने जानकारी दिए।मिनग्लास बौद्ध संघको अन्य सदस्यगण सागर लामा,किशन तामाङ, साजन तामाङ, रुपा तामाङ, सावित्री तामाङ, समिका तामाङ, अमिना तामाङ ,अरुण तामाङ, योगी तामाङ,बिनोद तामाङ आदिको उपस्थितिमा बुद्ध जयन्ती भव्य रुपमा पालन गरिएको पनि सभापति गणेश तामाङले थप बताए।










