मन्त्री खरेल र विधायक गोलेले बुद्ध जयन्तीको समापन कार्यक्रममा सहभागिता जनाए

IMG-20220516-WA0206.jpg

गान्तोक। दक्षिण जिल्लाको नामथाङको निमा गुम्बामा गत १४ मईदेखि शुरू भएको बुद्ध जयन्तीको आज समापन भयो। यस तीन दिवसीय समापन कार्यक्रममा क्षेत्र विधायक सञ्जीत खरेल र सोरेङ निर्वाचन क्षेत्रका विधायक अदित्य गोलेले सहभागिता जनाए। उनीहरूले गुम्बामा पूजा अर्चना गर्दै राज्यबासीको निम्ति शुख शान्तिको कामना गरे। यस अवसरमा मन्त्री खरेलले गुम्बा समितिलाई सहयोग स्वरूप पचास हजार प्रदान गरे। हालसम्म गुम्बाको निर्माण कार्य अपूर्ण रहेकोले यसको डीपीआर बनाएर शीघ्र बुझाउनु पर्ने उनले गुम्बा निर्माण समितिलाई सुझाउ दिएका छन्। गुम्बाको निम्ति कुनै कुराको आवश्यक परेको खण्डमा आफू सदैव सहयोग गर्न तयार रहेको पनि बताए। सोही प्रकारले मन्त्री खऱेलले बुरूलमा साइ मन्दिर निर्माणको निम्ति एक लाख रूपियाँ प्रदान गरे।

About Author

Advertisement