हमलामा दोषी जुनै पार्टीको भए पनि कार्वाही हुनुपर्छ: अनित थापा

IMG-20260414-WA0121

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईमाथि बालासनमा भएको हमलालाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले प्रतिक्रिया दिएका छन्। उनले भने, पुलिस प्रशासनको कार्य एकदमै ढिलो भइरहेको छ। दोषी पक्रा नपरेको कारण बदमास गर्नेहरूको मनोबल बढेर गइरहेको छ।’
उनले भने, बिजनबारीको घटना हुँदा पनि मैले कानुनलाई हातमा नलिने अपिल गरे। मैले बारम्बार एसपीलाई भने कि तुरुन्तै दोषीलाई एरेस्ट गर। काट्दाखेरि पनि मैले हाम्रो मान्छेलाई सम्हालेर राखे केही हुन दिइन। काट्ने केटाहरू नै राज्यदेखि बाहिर छ भन्दैछन्। यस्तो घटना हुनु हुँदैन। मैले बारम्बार भनिरहेको छु। कि अशान्ति नगरौं। झमेला नगरौँ। ढुङ्गा हानेको हो भने पनि राम्रो चाहिँ होइन। जुनै पनि पार्टीको होस् पुलिसले दोषीलाई पक्रेको हुनुपर्छ। पुलिस प्रशासनलाई म रिक्वेस्ट गर्छु कि अहिलेसम्म बिजनबारीको घटनाको दोषीलाई पक्राउ गरेको छैन। बालसनको घटनामा यदि बिजीपीएमको कुनै मानिस या कुनै कार्यकर्ता छ भने पनि उसको पक्राउ भएको हुनुपर्छ। पुलिसले जे एक्सन लिन्छ त्यसको म समर्थन गर्छु।
अनित थापाले अझ भने, प्रचार गर्नेले पनि प्रोभोकिङ प्रचार प्रसार नगरोस्।’
उनले दोषी आफ्नै पार्टीको भए पनि कार्वाही हुने बताएका छन्।

About Author

Advertisement