खरसाङ: युनाईटेड फोरम अफ् ब्यांक युनियनले देशव्यापी रूपमा डाकेको ब्यांक बन्दको प्रभाव खरसाङमा पनि देखिएको छ। विभिन्न ब्यांकहरुसित सम्बन्धित विभिन्न युनियनहरुको संयुक्त फोरम युनाईटेड फोरम अफ् ब्यांक युनियनले हप्तामा पाँच दिन काम गरेर शनिवार र आईतवार पूर्ण रुपमा ब्यांकहरु छुट्टी हुनु पर्ने मागमा डाकेको देशव्यापी रूपमा डाकेको बन्दको प्रभाव खरसाङमा पनि पूर्ण रूपमा देखिएको छ। यस बन्दले खरसाङमा रहेका विभिन्न ब्यांकहरु शुक्रबार बन्द रहेको थियो भने सबै ब्यांकहरुका एटीएम पनि बन्द रहेको थियो। युनियनले राखेको माग पूरा नभए आगामी २८, २९ र ३० सेप्टेम्बरमा पनि ब्यांकहरु बन्द रहने भएको छ। यसको साथै त्यसपछि माग पूरा नभए आगामी २६ अक्टोबरदेखि ब्यांकहरु लगातार रुपमा बन्द रहने भनेर हरेक ब्यांक र एटीएमहरुमा सूचना टाँसिएका थिए। शुक्रवार एक दिनको ब्यांक बन्दले खरसाङमा उपभोक्ताहरु पूर्ण रुपमा प्रभावित बनेका थिए।





