हकी विश्व कपः भारत र ईंग्ल्याण्डबीच म्याच ड्र

एफआईएच पुरुष हकी विश्व कपमा आयोजक भारतलाई ईंग्ल्याण्डले गोलरहित (०-०) ड्र-मा रोक्यो। यस निराशाजनक ड्र पछि पनि भारत क्वार्टर फाइनलमा सीधा प्रवेश पाउने होड़मा कायम छ। दर्शकहरूले भरिएको बिरसा मुण्डा स्टेडियममा पूल डी-को यस रोमाञ्चक म्याचमा दुवै टीमले गोल गर्ने मौकाहरू बनाएको थियो तर दुवै टीमले त्यसलाई काममा लगाउन सकेन। म्याचमा ईंग्ल्याण्डलाई ८ अनि भारतलाई ४ वटा पेनल्टी कर्नर हासिल भयो तर आयोजक टीमको पेनल्टी कर्नर डिफेन्स दह्रिलो थियो। यस म्याचपछि भारत र ईंग्ल्याण्डको २-२ वटा म्याचपछि ४-४ पोइण्ट पुग्यो अनि ग्रुपको शीर्ष स्थानमा रहने टीम सीधै क्वार्टर फाइनलमा पुग्नेछ। ग्रुप चरणमा भारतले आफ्नो अन्तिम म्याच १९ जनवरीमा वेल्स विरुद्ध खेल्नेछ। यसरी नै ईंग्ल्याण्डको सामना स्पेनसँग हुनेछ। दुईवटा टीमसँग बराबर पोइण्ट भए असल गोल औसत भएको टीमले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। अहिले ईंग्ल्याण्डको गोल औसत भारतभन्दा असल रहेको छ। ईंग्ल्याण्डले आफ्नो पहिलो म्याचमा वेल्सलाई ५-०-ले पराजित गरेको थियो। यसरी नै भारतले स्पेन विरुद्ध २-०-ले जीत हासिल गरेको थियो।

About Author

Advertisement