कोलकाता: पश्चिम बङ्गालमा राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टामा कोरोनाको ५ नयाँ मामिला अघि आएको छ भने आज काेराेनाले कासैको मृत्यु भएन। यसरी नै यस अवधिमा ७ जना कोरोनामुक्त भएका छन्।
हालसम्म बङ्गालमा २१,१८,६९५ जना कोरोनाले संक्रामित भएको छन् भने २०,९७,१०८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,५३२ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, हिजो २,२९८ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २,६९,९७,८१४ जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९८℅ र सकारात्मक दर ०.२२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६,४९,६२,९३२ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।









