नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ११४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,१५४ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कासैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२६ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १४४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४८,३०९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,११९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ७४,३२० जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,३१,७६,५११ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ३,९८४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१७,०६,०१७ जनाले यो खोप लगाइसकेको छन्।









