डस्वीन भई सकेको दार्जीलिङलाई साफ सफाई राख्न हामीमाथि दाहित्व आएको छ: विमल गुरूङ
दार्जीलिङ: इलिस माछा भित्रिन्दा गुन्दु्रक सिन्की र किनेमा विरानो भएको गोमुमो अध्यक्ष विमल गुरूङले भनेका छन।शहरको क्यापिटल हलको प्रागंनमा गोर्खा स्वाभिमान संघर्षले हिज आइताबार जनसभाको आयोजना गरेको थियो।आयोजित सभालाई सम्बोधन गर्ने क्रममा गोजमुमो अध्यक्ष विमल गुरूङले डाक्टर महेन्द्र पी लामाको प्रशंसा गर्दै महेन्द्र पी लामा गोर्खा समुदायको एक धरातल हुन। आज तपाईलाई हामीसंग पाउँदा अति नै आनन्द लागेको छ।दार्जीलिङलाई डस्वीन बनाई सकेको छ अनि यो डस्वीनलाई साफ सफाई गर्न अनि पहाडकी रानी दार्जीलिङलाई सुरक्षित राख्ने दाहित्व अब तपाई हाम्रो अधि आएको गुरूङले बताए।दार्जीलिङलाई साफ, सफाई राख्ने दाहित्व अनि बाध्यता आज डाक्टर महेन्द्र पी लामा दाजु,अजय एडवार्डस भाइ,विनय तामाङ, युवा जमातहरू साथै हामी समस्त दार्जीलिङबासीमाथि दाहित्व आएको छ। आज हाम्रो पाङदेन हराउँदैछ, दाउरा सुराल सवै हराउँदैछ, हामी इलिस माछाको काडा निकाल्ने मात्र भयौ, इलिस माछाको मिठो कुरा चहि खाएर अनि खाएको मैला कुचेला फाल्ने ठाउँ मात्र बनाएको छ। हामीलाई डस्वीनको रूपमा प्रयोग गर्ने काम मात्र गर्दैछ गुरूङले भने। अब हामीले गुन्दु्रक चिनाउँनु पर्छ, यो पहाडले सिन्की चिनाउँन पर्छ। अब हामीले हाम्रै संस्कार र रिति रिवाजहरूलाई साथमा लिएर काम गर्न पर्छ नत्र भने लथालिङ भई सकेको दार्जीलिङ अझ धेर लथालिङ भएर जानेछ गुरूङले भने। कन्चन जङगा हेर्न टुरिजहरू यहाँ आउँने गर्छन,स्वास्थ्य लाभ गर्नलाई धेरै धेरै रूपियाँ पैसा खर्च गरेर यहाँ घूम्न आउने गर्छन तर यहाँ गंगन चुम्वी विल्डिङहरूले यहाँको प्राकृतिक सुन्दरता नै छोप्ने काम गरी सकेको छ गुरूङले भने। तिनले अधि भने गत केही दिन अधि मात्र मैले अजय एडवार्डस भाइलाई संघर्षको बारे बताएका थिए, संघर्ष भन्ने मिठो हुदैन तितो हुन्छ तर यौ तितो, अमिलोले शरीरलाई राम्रो बनाउँछ।आज यो पहाड डाईविटिसले भेटेको जस्तो भएको छ। डाक्टर महेन्द्र पी लामा जस्तो होनाहर ब्यक्ति आज हामी माझ छ,अब हामीले हाम्रो संघर्षलाई दिगो राखेर एउटै लक्ष्यको निम्ति अधि बडन पर्छ, अब पनि तपाई हामीले बुझेनौ भने यहाँ हामीलाई छ फुटको जमीन पाउँन पनि गाह्रो पर्नेछ गुरूङले भने। हामीले कसैको बारे केही भन्नु छैन, जनताको अधि सवै कुराहरू स्पष्ट छ। पहाड र गोर्खा जातिको निम्ति शरीर मा एक थोपा खून रहेसम्म म मेरो संघर्षलाई जारी राख्नेछ तर जातिलाई बेच्ने काम कदापी गर्ने छुइन गुरूङले भने। हामीले हाम्रो मांगलाई फते गर्न एउटा टीम तयार गर्दैछौ अनि यो टीमले भारत सरकारसंग कुरा गर्ने छौ, हाम्रो मांग र विषयमाथि बंगाल सरकारसंग भन्नु केही छैन किन की यो विषय बंगाल सरकारको होइन। देश स्वधीन भएको यतिका बर्षहरू विति सक्दा पनि गोर्खाले न्याय पाएको छैन, तिमीले ३७० हटटाएर काश्मीरलाई दुईवटा केन्द्र शासित प्रदेश बनाउँन सक्छौ भने, काश्मीर पण्डितहरूलाई न्याय दिनु सक्छौ भने देश रक्षक गोर्खाहरूलाई न्याय किन दिन्दैनौ? गुरूङले प्रश्न तेर्साए।

गोर्खाहरूलाई न्याय कसरी दिलाउँन सकिन्छ भन्ने विषयमाथि आज हामीले काम गर्दैछौ। अब यस पटक गोर्खाहरूले न्याय पाएको हुन पर्छ गुरूङले भने। गोर्खा जातिको हितमा जे जति कार्यहरू हुन्छ, त्यसमा हामी सवै एकबद्व भएर अधि बडन पर्छ नत्र भने हामी फेरि छोडिने छौ। अब हामी कसैको झण्डा हल्लाउन हुदैन, हामीले धेरै झण्डाहरू हल्लाउने काम गरयौ, अब राष्ट्रीय झण्डा लिएर गोर्खाको लक्ष्य फते गर्ने दिशामा काम गर्न पर्छ गुरूङले भने।हामीभित्र विश्वास लिएर अधि बडन पर्छ, सानो भन्दा सानो विषय एक अर्कालाई बताउँन पर्छ। दार्जीलिङ र गोर्खाहरूको हितमा जे जति भएको छ, त्यो सवै काग्रेसको शासनकालमा भएको छ।मैले डाक्टरेटहरूको कुरा सुन्ने हुदा केवल फोटो सेसन गर्ने कामहरू भयो तर हुन पर्ने काम केही भएन गुरूङले भने।









