स्व लुत्ते सिंह सार्की विजेता अनि स्व सुकमाया सार्की उप विजेता त्रिस्तरीय अन्तर कार्यालय लिग फुटबल टुर्नामेन्टको उपाधि खरसाङ ट्राफिक पुलिसको झोलीमा

d043e6db-0b08-495e-8f42-85ea16993cbf

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङको मन्टिभियट खेल मैदानमा भईरहेको स्व लुत्ते सिंह सार्की विजेता अनि स्व सुकमाया सार्की उप विजेता त्रिस्तरीय अन्तर कार्यालय लिग फुटबल टुर्नामेन्टको उपाधि खरसाङ ट्राफिक पुलिसले जितेको छ। गत १९ सेप्टेम्बरदेखि शुरु उक्त टुर्नामेन्टमा जम्मा ११ वटा विभिन्न कार्यालयका फुटवल टोलीहरुले भाग लिएका‌ थिए। यस अन्तर्गत फाइनल खेल खरसाङ ट्राफिक पुलिस र एयरफोर्स बाघौडामाझ सम्पन्न भएको छ। उक्त फाइनल खेलमा पहिलो हाफको २२ औं मिनटमा ट्राफिक पुलिसको तर्फबाट दिवस तामाङले गोल गरेर बढत बनाएका थिए। यसको साथै पहिलो हाफको खेल १-० को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफमा एयरफोर्सले गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेन भने ट्राफिक पुलिसको तर्फबाट दोस्रो हाफको खेलमा पनि भवेस तामाङले गोल गरेर खेल २-० मा पुऱ्याएका थिए।‌ यसको साथै ट्राफिक पुलिसले दोस्रो हाफको खेलमा धेरै मौकाहरु पाएर पनि गोलमा परिणत गर् सकेन भने एयरफोर्सले गोल गर्ने धेरै प्रयास गरे पनि खेल अन्तत: २-० को अन्तरले जित्दै खरसाङ ट्राफिक पुलिस स्व लुत्ते सिंह सार्की विजेता अनि स्व सुकमाया सार्की उप त्रिस्तरीय अन्तर कार्यालय फुटबल टुर्नामेन्टको उपाधि जित्न सफल भएका छन्।‌ यस फाइनल खेलमा मुख्य अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, खरसाङ महकुमा खेलकूद संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन, मुख्य संरक्षकद्वय टीटी लामा र एसबी सुनवार, सल्लहाकार दावा गोले, ट्राफिक पुलिस प्रभारी विकास चामलिङ, खरसाङ टाउन पुलिस आउट पोष्टका ओसी सागर प्रधान, सार्की परिवारबाट विशाल सार्की लगायत अन्यहरु उपस्थित रहेका थिए भने अतिथिहरुको बाहुलीबाट नै पारितोषिक वितरण गरिएको थियो।

यस स्व लुत्ते सिंह सार्की विजेता अनि स्व सुकमाया सार्की उप विजेता त्रिस्तरीय अन्तर कार्यालय फुटबल टुर्नामेन्टको म्यान अफ्‌ टुर्नामेन्ट खरसाङ ट्राफिक पुलिसका दिप विश्वकर्म, म्यान अफ् द म्याच ट्राफिककै दिवस तामाङ र सर्वाधिक गोलदाता पनि ट्राफिकबाट भवेस तामाङ बनेका छन् भने टुर्नामेन्टको बेस्ट गोल किपरको उपाधि आकाशवाणी खरसाङको गोल किपर मौसम नेवारले प्राप्त गरेका छन्। फाइनलमा यस टुर्नामेन्टमा सहभागिता जनाउने सबै टिमलाई स्मृति चिन्ह पनि प्रदान गरिएको छ।‌यस फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले स्व लुत्ते सिंह सार्की विजेता अनि स्व सुकमाया सार्की उप विजेता त्रिस्तरीय अन्तर कार्यालय लिग फुटबल टुर्नामेन्टमा सहभागी सबै टिमहरु, अतिथिहरु सबैलाई धन्यवाद दिएका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा अब आगामी महिना नोभेम्बरमा अन्तर कार्यालय टी १० क्रिकेट टुर्नामेन्ट आयोजना गरिने जानकारी गराएका छन्।

About Author

Advertisement