डुर्वसमा नेपाली महिलामाथि गरिएको कथित दुर्व्यवहारमा क्रामाकपाद्वारा भर्त्सना

e512af21-78e8-43b4-97bf-ad601748d9dc

दार्जिलिङ: वीरपाडाको अस्पतालमा एकजना नेपाली भाषी गोर्खा चेलीलाई एक बंगाली डाक्टरले गरेको अपमानको क्रामाकपाले घोर विरोध जनाएका छन्। क्रामाकपाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै महासचिव नर्बु लामाले भने, ‘आफ्नो मातृभाषा नेपाली बोल्दा एउटा राजनीतिक पार्टीका नेताको नाम लिएर ‘ त बिमल गुरुङको मान्छे नेपाल जा भन्दै’ अपमान गरेको र विदेशीको लाञ्छना लगाउने यस्तो उत्पीडन र लाञ्छना कहिलेसम्म सहनु? उक्त डाक्टरले गरेको लाञ्छनालाई क्रामाकपा कठोर शब्दमा प्रतिवाद जनाउँदछ।’
उनले प्रेस विज्ञप्तिमा भनेका छन् -‘हामी जान्दछौं बंगालमा जुनै सरकार आए पनि गोर्खाको हित चाहने कोही छैन। उनीहरूको जातीय अहङ्कारले नै आज गोर्खाहरुले बंगालदेखि अलगै गोर्खाल्याण्ड राज्यको माग गरेको हो। गोर्खाहरूको माग प्रति विगत १६ वर्षदेखि आश्वासन र सहानुभूति देखाउदै आउने भाजपा नेतृत्व र सरकारले अब गोर्खाहरूलाई झट्ट न्याय दिनुपर्छ अनि उक्त डाक्टरलाई तत्काल नोकरीबाट
बर्खास्त गर्ने क्रामाकपाले माग गर्दछ।’

About Author

Advertisement