कालेबुङ: गोर्खाल्याण्ड संग्राम पार्टी केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष सञ्जय थुलुङको अध्यक्षतामा तथा महासचिव लिलाकुमार गुरुङको सञ्चालनमा कालेबुङमा सम्पन्न भयो। बैठकले पार्टीको सांगठनिक विस्तार तथा जिम्मेवारी बाँडफाँड गर्दै केन्द्रीय प्रवक्ताको रूपमा प्रदीप लोहागणलाई नियुक्त गरेको छ। यसको साथै हेमचन्द्र सुब्बा र समीर देवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ।त्यसैगरी, कालेबुङ जिल्ला युवा एकाइ संयोजकको रूपमा शैलेश राईलाई जिम्मेवारी प्रदान गरिएको छ।बैठकमा पार्टीको आगामी कार्ययोजना तथा सांगठनिक गतिविधिका विषयमा विस्तृत छलफल भयो। छलफलपछि आगामी ९ अक्टोबर २०२६, शुक्रबार जीटीए खारेज गर, गोर्खाल्याण्ड घोषणा गर” भन्ने नारासहित जीटीए सचिवालय, लाल कोठी घेराउ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गर्दै सार्गवजनिक रुपमा घोषणा गरेको छ।





